कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाले लिए सपथ « Khabarhub

कोशीका मुख्य न्यायाधिवक्ता कोइरालाले लिए सपथ


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त रुपेश कोइरालाले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश रमेशप्रसाद राजभण्डारीले नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्की, प्रदेशका मन्त्रीहरु तथा उच्च पदस्थ कर्मचारीहरु र कानुन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले मुख्य न्यायाधिवक्तामा अधिवक्ता कोइरालालाई नियुक्त गरेका थिए । कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार समेत हुन् ।।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ५ : ५१ बजे

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत