टुटलका संस्थापक भट्टलाई हाजिरी जमानीमा छाड्न आदेश « Khabarhub

टुटलका संस्थापक भट्टलाई हाजिरी जमानीमा छाड्न आदेश


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला अदालत काठमाडौंले टुटलका प्रमुख शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो।

आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी कसुरको मुद्दामा अदालतले प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको भन्दै चाहेको समयमा अदालत उपस्थित हुने गरी रिहा गर्न आदेश गरेको हो।

अदालतमा अदालत समक्ष उपस्थित गराइएका भट्टका तर्फबाट वरिष्ठ अधिवक्ता लव कुमार मैनाली र सूर्यप्रसाद कोइरालाले बहस गरेका थिए। यस्तै अदालतले जिल्ला प्रहरी परिसर टेकुको मिसिल अध्ययनसमेत गरेको थियो। भट्टविरुद्ध उनीसँगै कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएपछि पक्राउ परेका थिए।

 

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ६ : ३३ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको