दक्षिण कोरियाको सीमावर्ती टापुका बासिन्दालाई घरभित्रै बस्न निर्देशन « Khabarhub

दक्षिण कोरियाको सीमावर्ती टापुका बासिन्दालाई घरभित्रै बस्न निर्देशन


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

सोल- दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङमा उत्तर कोरियाले लगातार तेस्रो दिन ‘प्रत्यक्ष युद्ध अभ्यास’ गरिरहेको अधिकारीलाई उद्धृत गरी दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाले योन्प्योङ र बाङ्न्योङ नजिकै २०० भन्दा बढी तोपको गोला प्रहार गरेपछि प्योङयाङले सीमा नजिकका दक्षिण कोरियाली दुई टापुका बासिन्दालाई शुक्रबार वस्ती खाली गर्न आदेश दिइएको थियो । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले सन् २०१८ मा तनाव कम गर्ने सम्झौताअन्तर्गत बनेको मध्यवर्ती क्षेत्रमा गोला खसेको बताएका थिए ।

गत नोभेम्बरमा उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गरेपछि उक्त सम्झौता टुटेको थियो । दक्षिण कोरियाको सीमावर्ती टापु योन्प्योङले उत्तर कोरियाले लगातार तेस्रो दिन समुद्री सीमा नजिक ‘लाइभ फायर ड्रिल’ गरिरहेका बेला त्यहाँका बासिन्दालाई आइतबार घरभित्रै बस्न चेतावनी दिएको स्थानीय अधिकारीले एएफपीलाई बताएका छन् ।

“अहिले उत्तर कोरियाली सेनाले गोली चलाएको आवाज सुनिएको छ”, सबै बासिन्दालाई पठाइएको सन्देशमा भनिएको छ, “बासिन्दाहरूलाई बाहिरी गतिविधिहरूबारे सावधान रहन आग्रह गरिन्छ ।”

उत्तर कोरियाली नेता किमकी बहिनीद्वारा युद्धभ्यास नगरिएको दाबी

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले प्योङयाङले एक दिनअघि आफ्नो सीमानजिकै दर्जनौं राउन्ड गोली चलाएको भन्ने सियोलको दाबीको खण्डन गरेकी छिन् । “हाम्रो (उत्तर कोरियाली) सेनाले सामुद्रिक क्षेत्रमा एउटा पनि गोला प्रहार गरेको छैन,” किम यो जोङलाई उद्धृत गरी उत्तर कोरियाली समाचार संस्था (केसीएनए) ले बताएको छ ।

किमले आफ्नो देशको सेनाले ६० पटक गोली चलेको आवाजको नक्कल गर्दै सामान्य विस्फोटक पदार्थ विस्फोट गराएको र दक्षिण कोरियाली सेनाको प्रतिक्रिया हेरेको दाबी गरेकी छिन् । “हामीले अपेक्षा गरेजस्तै नतिजा आयो”, उनले भनिन्, “उनीहरूले विष्फोटक पदार्थको आवाजलाई गोलीको रूपमा गलत अनुमान गरे, यो तोपखानाको गोली हो भन्ने ठाने र निर्लज्जतापूर्वक झूट बोले ।”

“भविष्यमा, उनीहरूले उत्तरी आकाशमा गर्जनको आवाजलाई पनि हाम्रो सेनाको तोपखाना फायरको रूपमा गलत अनुमान गर्नेछन्,” उनले भनिन् ।

गत वर्ष उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको संविधानलाई आणविक शक्तिको दर्जा दिएको र धेरै उन्नत आइसिबीएमको परीक्षण गरेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौंयताकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको छ ।

प्योङयाङको यस वर्षको अन्त्यमा भएको नीतिगत बैठकमा किमले दक्षिण कोरियामाथि आणविक आक्रमणको धम्की दिँदै सशस्त्र द्वन्द्वअघि आफ्नो देशको सैन्य शस्त्रागार निर्माण गर्न आह्वान गरेका थिए ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : ०४ बजे

पाकिस्तानद्वारा अमेरिका-इरान तनावमा मध्यस्थता प्रयास जारी

इस्लामाबाद–  पाकिस्तान र इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो

राष्ट्रियसभामा परराष्ट्रमन्त्रीले भने- सीमा विवादको कूटनीतिक समाधान गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सीमासम्बन्धी विवादहरूलाई कूटनीतिक माध्यम र आपसी

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी