पल्सर स्पोट्स अवार्ड माघ १२ मा « Khabarhub

पल्सर स्पोट्स अवार्ड माघ १२ मा


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने २०औँ संस्करणको स्पोर्टस अवार्ड आगामी माघ १२ गते हुने भएको छ ।

मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधामा पुरस्कार प्रदान गरिने बताए ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ । त्यसैगरी, लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको विजेताको नाम भने पुरस्कार प्रदान गरिने दिनमा घोषणा गरिनेछ ।

यसपटक वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीका विजेताले एक–एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । पहिलोपटक पाँच विधाका विजेताले बाइक पाउने भएका हुन् । त्यस्तै, अन्य विधाका विजेताले भने जनही रु ५० हजार पाउनेछन् ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ७ : ३१ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस