बागमती सरकारद्वारा सात कार्यविधि स्वीकृत « Khabarhub

बागमती सरकारद्वारा सात कार्यविधि स्वीकृत


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आजको बैठकले सातवटा कार्यविधि स्वीकृत गरेको छ ।

मुख्यमन्त्री शालिकराम जमट्टेलको अध्यक्षतामा भएको बैठकले चेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि, मौलिक चलचित्र निर्माण तथा प्रवद्धनमा सहयोग कार्यक्रम सञ्चालन कार्यविधि, द्वन्द्वपीडितका लागि सबलीकरण कार्यविधि,कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वय कार्यविधि र एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) कार्यविधि स्वीकृत गरेको हो ।

त्यसैगरी बैठकले गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि तथा दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : २९ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५