सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर वृद्धको मृत्यु | Khabarhub Khabarhub

सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर वृद्धको मृत्यु


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको फिक्कल गाउँपालिकामा शनिबार आफ्नै बारीको ढिस्कोमा पुरिएर एक वृद्धको ज्यान गएको छ। बारीको ढिस्को झरेर पुरिँदा फिक्कल गाउँपालिका–५ रजे गाउँका ७४ वर्षीय मन बहादुर बुढाथोकीको ज्यान गएको हो।

शनिबार बिहान बारीको काल्ला खन्न गएका उनी अबेरसम्म घर नफर्किएपछि आफन्त र गाउँले मिलेर खोज्न जाँदा घरभन्दा एक सय मिटर उत्तर आफ्नै बारीमा उनले लगाएको चप्पल भेटिएको थियो।

बारी माथिबाट हेर्दा ढिस्को झरेको देखिएको र ढिस्कोको माटो पन्छाएर हेर्दा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए। प्रहरीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोष्टम्याटमका लागि सिन्धुली अस्पताल ल्याइएको जनाएको छ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ८ : ५२ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित