केकभित्र गाँजा राखेर बिक्री गर्ने युवक पक्राउ « Khabarhub

केकभित्र गाँजा राखेर बिक्री गर्ने युवक पक्राउ


२२ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले केकभित्र गाँजा राखेर बिक्री वितरण गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले केकमा लागुऔषध गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक चक्रराज जोशीले केकभित्र गाँजा राखेर अनलाइनमार्फत कारोबार गरेको आरोपमा मानन्धरलाई पक्राउ गरिएको जानकारी दिए । “इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत मानन्धरले ती केक बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको छ,” उनले भने ।

प्रहरीले पक्राउ मानन्धरसँग गाँजाको धुलो एक सय २१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, गाँजा तीन किलोग्राम बरामद गरेको छ । मानन्धरले विगत एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।

पक्राउ मानन्धरलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता जोशीले बताए ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ९ : ३६ बजे

प्रधानमन्त्री शाह सवार विमान इन्दिरा गान्धी विमानस्थलमा अवतरण

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्लीस्थित

विश्वमै सबैभन्दा धेरै हेरिएको उडान बन्यो बालेन चढेको जहाज : ९ हजार बढीले हेरे प्रत्यक्ष

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको राजकीय भ्रमणका लागि

एसिया कप राइजिङ स्टार्स यूएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा

बालेन दिल्ली उडेको जहाजमा विश्वभरका प्रयोगकर्ताको चासो, ‘फ्लाइट राडार’ मा बन्यो नम्बर एक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतको राजकीय भ्रमणका लागि

दिल्ली उडे प्रधानमन्त्री बालेन (फोटो फिचर)

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने औपचारिक राजकीय भ्रमणका लागि