दैनिक रूपमा नुन कति खाने ? « Khabarhub

दैनिक रूपमा नुन कति खाने ?


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  पहिला नेपालमा आयोडिनको कमी हुने गर्थ्यो जसका कारण गलगाँडको समस्या धेरै देखिएकाले आयोडिनयुक्त नुन खानु पर्ने भनियो । तर पछिल्लो समय नेपालीले खाँदै आएको नुनमा आयोडिनको मात्रा धेरै भएकाले थाइराइडका बिरामी बढेको चिकित्सकहरू  बताउने गर्छन् ।

नेपालीहरूमा नुन धेरै खानाले हुने स्वास्थ्यसम्बन्धी समस्या बढ्न थालेको र  नसर्ने रोगहरू बढिरहेको अनुसन्धानकर्ताहरू बताउँछन् ।

नुन स्वादको पर्याय हो । नुन सोडियम र क्लोरिन नामका दुई तत्त्वले बनेको हुन्छ । हामीले खाने नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत हिस्सा क्लोराइडको छ ।

सोडियम शरीरलाई नभई नहुने तत्व हो र शरीरलाई चाहिने सोडियमको मुख्य अंशको पूर्ति पनि नुनबाट नै हुन्छ । नुन विनाका परिकार विस्वाद लाग्छन् ।

स्वादका दृष्टिले मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि नुन अत्यन्त महत्त्वपूर्ण यौगिक हो । तर अनुचित मात्रामा प्रयोग गरिएको नुनको सेवन स्वास्थ्यको लागि हानिकारक साबित हुनसक्छ।

नुनको महत्त्व कति छ भनेर थाहा पाउन हामीले व्रत बस्दा जुठो बार्दा पनि थाहा पाउन सक्छौँ ।

नुनको अनुचित प्रयोग स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । धरै नुन सेवनले रक्तचाप बढ्ने, मुटु रोग लाग्ने, शरीर सुन्निने जस्ता समस्या हुनसक्छ भने कम नुन सेवन शरीरबाट पानी खेर जाने, स्नायु तरंग परिवहनमा समस्या देखापर्ने, मांसपेशी खुम्चिनमा समस्या देखा पर्ने जस्ता समस्या देखा पर्ने चिकित्सकहरू बताउँछन् ।

दैनिक कति मात्रा नुन खान सक्छौँ
चिकित्सकका अनुसार एउटा वयस्क व्यक्तिले दैनिक ५ ग्राम भन्दा कम नुन खानु पर्छ भने केटाकेटीले १–२ ग्रामभन्दा ज्यादा खानु हुँदैन ।  सोडियमको मात्रा दैनिक १५०० मिलिग्राम सोडियम उत्तम हो । यो मात्रा २ हजार ३०० मिलिग्राम ज्यादा हुनुहुँदैन।

कम नुन पनि हानिकारक हुन् सक्छ

शरीरमा नुनको मात्रा ज्यादै कम भयो भने पनि अनेकौँ प्रकारका स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन् । जसमा सोडियमको मात्रा कम भए लो डेन्सिटी लिपोप्रोटिन कोलेस्टेटोल र ट्राइग्लिसवेराइड (टिजी) को मात्रा बढ्न सक्छ ।

धेरै नुन खाँदा हुन्छन् यस्ता समस्या
– धेरै नुनको सेवन गर्नेलाई आमाशयको क्यान्सर हुने खतरा बढ्नुका साथै पेटमा हेलिकोब्याक्टर पाइलोरी नामक ब्याक्टेरियाको वृद्धि गराउँछ ।
– सोडियमका साथसाथै क्लोरिनको पनि उच्च मात्रा शरीरमा थप्छ । उच्च मात्रामा क्लोरिन लिँदा पेटमा हाइड्रोक्लोरिक अम्लको उत्पादन ज्यादा हुन्छ र एसिडीटी, रिफ्लक्स डिजिज जस्ता रोगहरू लाग्ने र अन्ततोगत्वा ग्यास्ट्रिक, क्यान्सरको समस्या देखा पर्छ।
– धेरै नुन खाँदा रगतमा नुनको मात्रा बढ्न गई मिर्गौलालाई भार परी   मिर्गौला बिग्रिने खतरा हुन्छ ।

– बढी सोडियमले हड्डीको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्‍याउँछ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ६ : ३४ बजे

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता

एनपीएल : आज जनकपुर र सुदूरपश्चिम खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज

नेपाल संवत् मानवीय सहअस्तित्वको जीवन्त प्रतीक : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल सम्वत नेपाली सभ्यताको मौलिकता,

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

अन्ताल्या– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई जोगाउन

नेपाल संवतले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा दिन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको