अष्ट्रेलियाका सांसदले लिए भागवद्गीता छोएर शपथ « Khabarhub

अष्ट्रेलियाका सांसदले लिए भागवद्गीता छोएर शपथ


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

पर्थ– अस्ट्रेलियाको संसदमा भारतीय मूलका ब्यारिस्टर वरुण घोष नयाँ सिनेटर बनेका छन् । नयाँ सिनेटरमा चयन भएका घोषले भागवद्गीतामा हात राखेर पद तथा गोपनियताको  शपथ लिएका छन् ।

गीतामा हात राखेर अष्ट्रेलियामा पद तथा गोपनियताको सपथ लिने घोष पहिलो व्यक्तिसमेत हुन् । अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले उनलाई सो कार्यका लागि बधाईसमेत दिएकी छिन् ।

पेनी वोङले सामाजिक सञ्जालमा लेखेकी छन्,  ‘पश्चिमी अस्ट्रेलियाका हाम्रा नयाँ सिनेटर वरुण घोषलाई स्वागत छ। सिनेटर घोष भागवद्गीताको सपथ लिने पहिलो अष्ट्रेलियाली सिनेटर हुन्। मैले बारम्बार भनेको छु कि जब तपाइँ केही गर्नको लागी पहिलो हुनुहुन्छ, तपाईँ निश्चित हुनुपर्दछ कि तपाईँ अन्तिम हुनु हुन्न।’

लेबर पार्टीले घोषलाई वेस्टर्न अष्ट्रेलिया (डब्लुए) बाट प्रतिनिधित्व गर्न चयन गरेको हो । हालै फ्रान्सिस बर्ट चेम्बर्सका ब्यारिस्टर, ३८ वर्षीय घोषलाई वर्तमान सिनेटर प्याट्रिक डडसनको ठाउँमा छानिएको थियो।

पश्चिमी अस्ट्रेलियाको विधान सभाले भनेको थियो, ‘विधानसभा र विधान परिषद्ले सिनेटर वरुण घोषलाई संघीय संसदको सिनेटमा पश्चिमी अस्ट्रेलियाको प्रतिनिधित्व गर्न निर्वाचित गरेको छ ।’

अष्ट्रेलियाका समाचार संस्थाहरूका अनुसार घोष १७ वर्षको उमेरमा पर्थमा नै लेबर पार्टीमा प्रवेश गरेका थिए, त्यसको १८ वर्ष पछि उनी सिनेटरमा निर्वाचित भए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : ०६ बजे

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,