राष्ट्रियसभा अध्यक्षमा माओवादी दाबीले कांग्रेसमा तरङ्ग « Khabarhub

राष्ट्रियसभा अध्यक्षमा माओवादी दाबीले कांग्रेसमा तरङ्ग


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रको दाबीले गठबन्धनको मुख्य दल नेपाली कांग्रेस झस्किएको छ ।

माओवादी केन्द्रको सोमबार र मङ्गलवार बसेको संसदीय दल बैठकमा राष्ट्रियसभा अध्यक्षमा दाबी गर्ने विषयमा छलफल भएको थियो । संसदीय दल बैठकमा बोल्ने अधिकांश सांसदहरूले राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिनुपर्ने बताएका थिए ।

बैठकमा उठेको विषयलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि गम्भीर रूपमा लिएको सांसद माधव सापकोटाले जानकारी दिए ।

उनले भने, ‘माओवादी केन्द्र राष्ट्रियसभाको पहिलो पार्टी भएकाले अध्यक्षमा दाबी स्वाभाविक हो । त्यसमाथि आलोपालो प्रधानमन्त्रीमा जाँदा संवैधानिक समितिमा माओवादीको उपस्थिति पनि नरहने भएकाले अध्यक्षमा दाबी रहन्छ ।’ सापकोटाका अनुसार यो विषयमा प्रधानमन्त्री दाहालले गठबन्धनका अन्य दलहरूसँग पनि छलफल गर्ने बताएका छन् ।

फागुन २१ गतेबाट राष्ट्रियसभामा रिक्त हुने १९ सांसदका लागि निर्वाचन हुँदा माओवादी केन्द्र पहिलो दल बनेको छ । फागुन २१ पछि राष्ट्रियसभामा माओवादीका १८ सांसद हुनेछन् । दोस्रो दल नेपाली कांग्रेसका राष्ट्रियसभामा १६ जना सांसद हुनेछन् ।

राष्ट्रियसभा निर्वाचन अगाडी नै गठबन्धन दलबिच भागबन्डा टुङ्गिएको थियो । गठबन्धन दलबिच राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो ।

तर, कोशीमा माओवादी केन्द्रका उम्मेदवार पराजित भएपछि माओवादी केन्द्रले सम्झौता मान्न बाध्य नहुने बताउँदै आएको छ । माओवादी दोस्रो तहका नेताहरू कांग्रेसले धोका दिँदा कोशीमा आफ्नो उम्मेदवार पराजित भएको भन्दै आफूहरु पनि सहमति मान्न बाध्य नहुने बताउन थालेका हुन् ।

कांग्रेसमा तरङ्ग

राष्ट्रियसभा अध्यक्षलाई लिएर माओवादी केन्द्रमा भएको बहसले कांग्रेसमा भने तरङ्ग पैदा भएको छ ।

माओवादीको एक पक्ष कांग्रेससँगको गठबन्धनसँग सन्तुष्ट नरहेको बेला राष्ट्रियसभाको अध्यक्षलाई लिएर भएको बहसले कांग्रेसका कतिपय नेताहरू झस्किएका हुन् । राष्ट्रियसभा निर्वाचन अगाडी नै गठबन्धनमा खेल्न खोजेको एमाले अध्यक्षको कार्ड देखाएर माओवादीसँग नजिकिन खोजेको कांग्रेसको शंका छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्मा भने माओवादीले सहमति नतोड्ने बताउँछन् । उनी भन्छन, ‘राष्ट्रियसभा अध्यक्षमा यसअघि भएको सहमतिबाट माओवादी पछि हट्दैन । अध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवारी रहन्छ र गठबन्धनका सबै दलको सहयोगमा निर्वाचित पनि हुन्छ।’ राष्ट्रियसभा अध्यक्षको विषयले गठबन्धनमा कुनै पनि समस्या सृजना नगर्ने उनले बताए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १२ : २७ बजे

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको