राष्ट्रियसभा बैठ : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण « Khabarhub

राष्ट्रियसभा बैठ : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले भूकम्पपीडितलाई राहत, सडक, पुललगायत पूर्वाधार विकास, विदेशमा हराएका नागरिकको खोजी तथा विभिन्न निकायमा अपुग कर्मचारीको व्यवस्थापनलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको शून्य समयमा बोल्दै सांसद कुमार दसौदीले नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रभावकारी बनाउन योग्य र क्षमतावान् व्यक्ति नियुक्ति गर्न सरकारसमक्ष माग गरे । सांसद खिमलाल देवकोटाले संसद्को डोमिन ‘पार्लेयमेन्ट डट जिओभी डट एनपी’ मा सुधार गर्न सुझाव दिए । उनले सङ्घीय संसद् सचिवालयमा कर्मचारी अपुग रहेको भन्दै सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद दिलकुमारी रावल थापा (पार्वती)ले नेपालको प्रसिद्ध ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको वाल्मीकि आश्रमको संरक्षण र सडक पहुँचका लागि सरकारको ध्यानाकर्षण गराए। उनले निर्माण सम्पन्न भएको त्रिवेणी नारायणी नदीको झोलुङ्गे पुल तत्काल सञ्चालनमा ल्याउन माग गरे ।

सांसद दीपा गुरुङले गत कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा परी ठूलो जनधनको क्षति भएको र पीडितको राहतका लागि देश तथा विदेशबाट आएको राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । भूकम्प प्रभावित क्षेत्रमा अहिले पनि सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिक जाडोबाट प्रभावित भइरहेको भन्दै पीडितलाई चाँडो राहतको व्यवस्था गर्न माग गरे।

सांसद भैरवसुन्दर श्रेष्ठले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माणका लागि लाभग्राहीले अझै रकम पाउन नसकेको भन्दै अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद डा विमला राई पौड्यालले गत पुस १३ गते ललितपुरको ग्वार्कोमा प्रहरीसँगको झडपमा मृत्यु भएका दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र साहको घटनाबारे सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनबारे सदनलाई जानकारी गराउन माग गरिन् ।

सांसद सिंहबहादुर विश्वकर्माले देशमा बढ्दो बेरोजगारीको समस्यासँगै दिनप्रतिदिन युवा जनशक्ति विदेश पलायन भइरहेको, बेपत्ता हुनेको सङ्ख्या बढिरहेको तथा सिन्धुपाल्चोकबाट मात्रै ७७ जना हराएको भनी निवेदन परेको भन्दै पीडितको खोज तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १२ : ३५ बजे

जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य गरौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायुजन्य विपद्

स्याङ्जामा फस्टाउँदै फूलखेती

वालिङ – पछिल्लो समय स्याङ्जामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या

ट्रम्पको टिप्पणीले अमेरिकी कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गर्‍यो : इरान 

काठमाडौँ-  इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको

तिहारसम्म सयपत्री फूल जोगाउन किसानलाई सकस, बजारको पनि चिन्ता

झापा- तिहार नजिकिँदै गर्दा झापाका सयपत्री फूल उत्पादक किसानलाई फूल टिप्ने

भोटेकोशी बाढीको क्षति वर्गीकरण गरेर मूल्याङ्कन हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न