गिरीबन्धु जग्गा प्रकरणको फैसला सुनाउने तयारी « Khabarhub

गिरीबन्धु जग्गा प्रकरणको फैसला सुनाउने तयारी


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासमा झापास्थित गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी प्रकरणको सुनुवाई सकिएको छ । संवैधानिक इजलासले यो प्रकरणको फैसला आजै सुनाउने तयारी गरेको स्रोतले बतायो ।

सर्वोच्च स्रोतले खबरहबसँग भन्यो, ‘गिरीबन्धु टि स्टेट’को जग्गा सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाई सकिएको छ, आजै फैसला आउन सक्छ ।’ केपी ओली सरकारका पालामा झापास्थित गिरीबन्धु टि स्टेटको चिया बगान सार्न दिने गरी सरकारले निर्णय गरेको थियो ।

सरकारी निर्णयसँगै झापाबाट स्थानीयबासीसँग काठमाडौंका व्यापारी दीपक मलहोत्रा लगायतले करोडौं रुपैयाँ उठाएका थिए ।

चिया बगान सार्न दिने निर्णय गैरकानूनी र बदनियपूर्ण भएको भन्दै ओली सरकारले गरेको निर्णय खारेजीका मागसहित अदालतमा परेको रिटमा आज संवैधानिक इजलासले सुनुवाई गरेको हो ।

संवैधानिक इजलासमा आज यो मुद्दा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठका साथै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान र सुष्मालता माथेमाको बेञ्चमा परेको छ ।

यस्तो थियो ओली सरकारले गरेको निर्णय-

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ४ : ०९ बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६