ओली सरकारले गरेको गिरीबन्धु चिया बगान सार्ने निर्णय खारेज « Khabarhub

ओली सरकारले गरेको गिरीबन्धु चिया बगान सार्ने निर्णय खारेज


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापाको गिरीबन्धु चिया बगान सार्न दिने केपी ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार उक्त निर्णय खारेज गरेको हो ।

गिरीबन्धु चिया बगानको जग्गा सम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेको थियो । केपी ओली सरकारका पालामा झापास्थित गिरीबन्धु चिया बगान सार्न दिने गरी सरकारले निर्णय गरेको थियो । सरकारी निर्णयसँगै झापाबाट स्थानीयबासीसँग काठमाडौंका व्यापारी दीपक मलहोत्रा लगायतले करोडौं रुपैयाँ उठाएका थिए ।

चिया बगान सार्न दिने निर्णय गैरकानूनी र बदनियपूर्ण भएको भन्दै ओली सरकारले गरेको निर्णय खारेजीका मागसहित अदालतमा परेको रिटमा आज संवैधानिक इजलासले फैसला गरेको हो ।

संवैधानिक इजलासले भनेको छ, ‘विवादित निर्णय कानूनी प्रावधान अनुकुल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारवाही समेत बदर हुने ठहर्छ ।’

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ४ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया