अमला रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी | Khabarhub Khabarhub

अमला रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय प्रहरी सङगठन ‘इन्टरपोल’ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । 

केही महिना पहिले हङकङबाट काठमाडौँ ल्याई बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन तस्करीमा संलग्न देखिएकी अमलाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका देशले आफ्नो देशमा सम्बन्धित व्यक्ति भए वा नभएको खोजी गर्छन् । सम्बन्धित देशले आफ्नो देशमा सो व्यक्ति रहेको पत्ता लागे नेपाल पठाउने प्रक्रिया सुरु गर्छन् ।

अमला तिब्बतियन मूलका बेल्जियम नागरिक दावा छिरिङकी पत्नी भएको र पतिकै कारण उनी सुन तस्करीमा जोडिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को अनुसन्धान निष्कर्ष छ । काठमाडौँको ठमेलस्थित होटेल भियना अमलाको नाममा दर्ता रहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ४ : ५२ बजे

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो

भोजपुर क्याम्पसलाई ‘स्मार्ट बोर्ड’ हस्तान्तरण

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा ‘स्मार्ट बोर्ड’