रास्वपाले गरायो सवारी दुर्घटना न्युनीकरणका लागि सार्वजनिक महत्वको प्रस्ताव दर्ता « Khabarhub

रास्वपाले गरायो सवारी दुर्घटना न्युनीकरणका लागि सार्वजनिक महत्वको प्रस्ताव दर्ता


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक निशा डाँगीले सवारी दुर्घटना न्यूनीकरणका उपायसहित प्रतिनिधिसभामा आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।

बढ्दो सवारी दुर्घटनाबाट प्रत्येक वर्ष दुई हजारभन्दा बढीले ज्यान गुमाइरहेको र यसबाट राज्यलाई ठूलो क्षति पुर्‍याइरहेको उक्त प्रस्तावमा उल्लेख छ । प्रस्तावमा सवारी दुर्घटनाको अवस्था, दुर्घटनाले पुर्‍याउने तत्कालीन र दीर्घकालीन असर र दुर्घटनाका कारणसमेत उल्लेख गर्दै चालक अनुमति पत्र किनबेच गर्ने विचौलिया प्रवृत्तिको अन्त्य, ट्राफिक सचेतना प्रवर्द्धन, सडक प्रयोगकर्तामैत्री पूर्वाधार र व्यवस्थित तथा सुरक्षित सार्वजनिक यातायातको माग गरिएको छ ।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित प्रस्तावमा राष्ट्रिय विकास योजनामा दिगो विकासका लक्ष्य समावेश गरेको नेपालले ‘ग्लोबल रोड ट्राफिक सुरक्षाका उद्देश्यसँग तालमेल मिलाएर काम गर्नपर्ने मार्गनिर्देशनको मागसमेत गरिएको छ । 

यस्तै, सडक र विद्यामान पूर्वाधारका क्षमता वृद्धि र स्तरोन्नतिका लागि सरकारका योजना एवं कार्यक्रमबारे सरकार, विज्ञ र सरोकारवालासमेतको उपस्थितिमा छलफल माग गरिएको  छ । 

प्रस्तावमा सचेतक डाँगीले सडक दुर्घटनाको न्यूनीकरण गर्न र पैदल यात्रुको सुरक्षा सुनिश्चित गर्न नयाँ कानुन आवश्यक भएको भन्दै त्यससम्बन्धी छलफल गर्न माग गरेका छन् ।   

प्रस्तावको समर्थकमा रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्याल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठलगायतका सांसद छन्। 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ५ : १६ बजे

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण