राष्ट्रियसभा अध्यक्षको चयनमा विवाद हुँदैन : माधव नेपाल « Khabarhub

राष्ट्रियसभा अध्यक्षको चयनमा विवाद हुँदैन : माधव नेपाल


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभाको अध्यक्षको चयनमा विवाद नहुने बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभाको अध्यक्षको चयनमा गठबन्धनबीच सहमति हुने विश्वास व्यक्त गरे । उनले उक्त पदमा दलहरूको दावी रहनु स्वभाविक रहेको भन्दै औपचारिक रुपमा त्यस विषयमा कुनै छलफल नभएको जिकिर गरे ।

 त्यस्तै अध्यक्ष नेपालले अहिले प्रधानमन्त्रीलाई काम गर्न दिनुपर्ने भन्दै प्रधानमन्त्री परिवर्तनको कुरा गर्ने बेला नभएको जिकिर गरे । उनले प्रधानमन्त्रीलाई आवश्यक परे मन्त्रिमण्डल हेरफेर गर्न सक्ने बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिलेको अवस्थामा राष्ट्रियसभाको अध्यक्षमा माओवादीको दावी रहेको बताए । राष्ट्रियसभामा माओवादी पहिलो दल भएकाले शक्ति सन्तुलनका आधारमा अध्यक्ष चयन गर्नुपर्ने बताए । उनले यस विषयमा अन्य दलहरूसंग छलफल गररै अघि बढ्ने बताए ।

त्यस्तै कांग्रेस नेता रामहरि खतिवडाले राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसको दावी रहेको र कृष्ण सिटौला नै अध्यक्ष बन्ने दावी गरे ।

उनले छिटै गठबन्धनको बैठक बसेर यस विषयमा औपचारिक निर्णय हुने जानकारी दिए । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ५ : ४४ बजे

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका

मनाङमा सबैभन्दा बढी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो