कोशी प्रदेश नामाङ्कन विवाद : पहिचानवादीद्वारा सरकारसँग वार्ता गर्न ११ सदस्यीय समिति गठन « Khabarhub

कोशी प्रदेश नामाङ्कन विवाद : पहिचानवादीद्वारा सरकारसँग वार्ता गर्न ११ सदस्यीय समिति गठन


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले सरकारसँग वार्ता गर्न समिति गठन गरेको छ । समितिले बुधबार ११ सदस्यीय वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिमा पहिचानसहितको प्रदेश १ पुनः नामङ्कन अभियानका अध्यक्ष डकेन्द्र सिंह थेगिम, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्दबहादुर आङबुहाङ, किरात राई यायोखाका उपाध्यक्ष युवराज राई, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई छन् ।

त्यसैगरी, समितिमा नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – संघीय लिम्बुवान प्रान्तीय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, नेकपा (एस) – लिम्बु संघ समाजवादीका उपाध्यक्ष पदम लिम्बु, नेकपा माओवादी सम्बद्ध किराती राष्ट्रि मुक्ति मोर्चाका महासचिव अर्जन जम्नेली राई, जपसा – लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जबेगु र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव चन्द्रकुमार चौधरी रहेका छन् ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ८ : २४ बजे

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि