कर्णाली सरकारसँग जवाफ माग्ने समितिको निर्णय « Khabarhub

कर्णाली सरकारसँग जवाफ माग्ने समितिको निर्णय


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- कर्णाली प्रदेशको सामाजिक विकास समितिले निर्देशनालय खारेजबारे प्रदेश सरकारसँग जवाफ माग्ने निर्णय गरेको छ ।

सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीको अध्यक्षतामा आज सुर्खेतमा भएको बैठकले मन्त्रालयअन्तर्गतका निर्देशनालय खारेजले सरकार सञ्चालनमा अन्योलता ल्याएको र अब कुन संरचनाले के काम गर्ने ? भन्ने स्पष्ट नभएकाले चित्तबुझ्दो जवाफसहित समितिमा प्रस्तुत हुन सरकारलाई निर्देशन दिने निर्णय भएको हो ।

प्रदेश सरकारले निर्देशनालय खारेज गरी राजपत्रमा प्रकाशन गरिसकेको छ ।

उनले भने, “निर्देशनालयले कर्णालीका १० जिल्लाबाहेक लुम्बिनीका पाँच जिल्लाका साविक एसएलसीका कागजात सुधार गर्ने, शिक्षक सेवा आयोगका काम गर्ने, पाठ्यक्रम विकास केन्द्रका कार्य गर्ने, शैक्षिक जनशक्ति विकासका कार्य गर्दै आइरहेको अवस्थामा सरकारले निर्देशनालय खारेज गरेपछि ती काम कसले गर्ने भन्ने स्पष्ट छैन । यसको हामीलाई जानकारी चाहिन्छ । सार्वजनिक सेवा प्रवाहमा कमजोरी नहोस् भन्ने ध्येयका साथ हामीले सरकारको धारणा बुभ्न खोजेका हौँ ।”

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : १६ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित