बिहीबार भगवान विष्णुको पूजा | Khabarhub Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन २४ गते बिहीबार तदनुसार सन् २०२४ मार्च ७ तारिख। आज द्वादशी तिथि परेको छ ।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ५ : ३५ बजे

काठमाडौँ आज विश्वको तेस्रो प्रदूषित शहर

काठमाडौँ– काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ ।

राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न कभर्डहल निर्माण

कञ्चनपुर– राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नगरस्तरीय कभर्डहल

पर्सामा आगलागीबाट लाखौँको क्षति

पर्सा– पर्साको छिपहरमाई–१ भलमहिया बस्तीमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको

सम्बन्ध विच्छेद : समाज बिग्रेको कि सुध्रेको ?

काठमाडौं- रुसी राजनीतिज्ञ लेनिनले सोभियत राज्यहरुलाई दिइएको आत्मनिर्णयको अधिकारलाई श्रीमान–श्रीमतीवीचको

युक्रेनलाई ६१ अर्ब डलर राहत दिने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित

काठमाडौँ– अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले युक्रेनका लागि अर्बौं