च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी क्वाटरफाइनलमा « Khabarhub

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी क्वाटरफाइनलमा


२४ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको अन्तिम १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीले कोपेनहेगन क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६–२ को जितसहित क्वाटरफाइनलमा पुगेको हो।

यस खेलमा म्यानचेस्टर सिटीका लागि मानुएल अकान्जी, जुलियन अल्भारेज र इर्लिंग हालाण्डले एक–एक गोल गरेका थिए ।

यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा म्यानचेस्टर सिटीले कोपनहेगनविरुद्ध ३–१ को नै नतिजा निकालेको थियो।

योसँगै म्यानचेस्टर सिटीसहित रियल म्याड्रिड, बायर्न म्युनिख र पिएसजी यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।

 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ६ : ५३ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ