ट्रायकमा स्टार बन्दै लायस | Khabarhub Khabarhub

ट्रायकमा स्टार बन्दै लायस


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

अमेरिकालाई पहिलो स्थान दिँदै स्कटल्यान्डको ग्लास्गोमा विश्व इनडोर एथलेटिक्स च्याम्पियनसिप सम्पन्न भएको छ। यो वर्ष भएका हरेक बृहत् प्रतियोगिता उत्तिकै महत्त्वपूर्ण छन्। यसरी महत्त्वपूर्ण हुनुको कारण भनेको यो ओलम्पिक वर्ष भएर पनि हो। आगामी ओलम्पिकमा पर्नसक्ने प्रभावका बारे अहिले नै चर्चा हुन थालेको छ।

बृहत् प्रतियोगितामा अमेरिकाले ६ स्वर्ण पदक पायो। बेल्जियमले ३ स्वर्ण पदक उचाल्दा न्युजील्यान्ड, नेदरल्यान्ड्स इथियोपिया र बेलायतले २/२ स्वर्ण पदक पाए। प्रतियोगितामा कुल ३२ देशले पदक जिते।

अस्ट्रेलियाकी निकोला ओलीलागर्सले जितको स्वर्ण पदकबाट प्रतियोगिताको सुरुवात भएको हो। केही युरोपेली राष्ट्रको प्रभावलाई छाड्ने हो भने अहिले अमेरिकी एथलेटिक्सको पुरुष स्प्रिन्ट जत्था लयमा रहेको पुष्टि भएको छ। महिला सट पुटमा भने क्यानडाकी सराह मिटनले स्वर्ण पदक जितेकी छिन्। पुरुष सट पुटमा भने कुनै आश्चर्यजनक परिणाम आएन। सो स्पर्धामा विश्व कीर्तिमानधारी रेन क्रुजरले नै स्वर्ण पदक जिते।

पुरुष ६० मिटर दौडमा अमेरिकाका क्रिस्चीयन कोलेमानले स्वर्ण तथा अमेरिकाका नोह लायसले रजत पदक जिते। ६० मिटरमा पदक जितेका लायस चार सय मिटर रिलेको पदक जितेको अमेरिकी टोलीमा समेत आफूलाई आबद्ध गराएका थिए। परिणाम जे भए पनि अबको ओलम्पिकमा लायस हेर्न लायक खेलाडी हुन्।

अस्ट्रेलियाकी निकोला ओलीलागर्सले जितको स्वर्ण पदकबाट प्रतियोगिताको सुरुवात भएको हो। केही युरोपेली राष्ट्रको प्रभावलाई छाड्ने हो भने अहिले अमेरिकी एथलेटिक्सको पुरुष स्प्रिन्ट जत्था लयमा रहेको पुष्टि भएको छ।

ग्लास्गोमा भएको यस संस्करणको विश्व च्याम्पियनसिपको अन्तिम सिजन भने सनसनीपूर्ण रहेको छ। डेभाइन चार्लटनले ६० मिटर हर्डल्समा विश्व कीर्तिमान कायम गरिन्। त्यो उनको जीवनको तेस्रो उपाधि हो। पछिल्लो वर्ष सनसनी फैलाउँदै आएका स्विडेनका मोन्डो डु प्लान्टीसले पोल भोल्टमा विश्व कीर्तिमान राखे। उनले ६ दशमलव २४ मिटर उफ्रिए।

चार सय मिटरमा विश्व कीर्तिमान कायम गरेकी नेदरल्याण्ड्सकी फेम्के बोलले सनसनीपूर्ण प्रदर्शन कायम राखिन्। डच टोलीले चार सय मिटर रिलेको पनि उपाधि जितेर आफूलाई हेर्न लायक ट्रायक टोलीको रूपमा स्थापित गरेको छ। बोल पनि आसन्न ओलम्पिकमा हेर्न लायक खेलाडीको रूपमा रहने निश्चित छ।

उपाधिको दाबेदार जिम्मामा रेहीलाई हराउँदै आठ सय मिटरमा इथियोपियाकी सिगे डुगुमाले पहिलो स्थान पाइन्। अन्तिम दिन न्युजील्यान्डका लागि भने महत्त्वपूर्ण साबित भएको थियो। हाई जम्पमा हमिस केयरले स्वर्ण पदक जिते भने एक हजार पाँच सय मिटरमा जेरोर्ड ब्रेमिसले पहिलो स्थान पाए। उनले अन्तिम २० मिटरमा सबै विपक्षीलाई पछि पार्दै पाँचौँ स्थानमा पहिलो स्थानमा फड्को मारेका हुन्।

डु प्लान्टीसलाई पछ्याउने क्रममा अमेरिकी भेट्रान साम केन्ड्रीक्सले रजत पदक जिते। सो स्पर्धामा ग्रिसका एमानुएल कारालीसले रजत पदक जिते।

पुरुष चार सय मिटर रिलेमा तेस्रो लेगमा कुदेका लायसले ४५ दशमलव ६८ मा आफ्नो दुरी तय गरेका थिए। उनले बटम क्रिस्टोफर बेलीलाई दिएका थिए। अन्तिम लेगम बेलीलाई पछि पार्दै चार सय मिटरका व्यक्तिगत च्याम्पियन बुमले बेल्जियमलाई उपाधि दिलाए।

लायसकै हकमा सो दोस्रो रजत पदक थियो। तथापि सो रजत पदक यत्ति महत्त्वपूर्ण थियो कि पहिलो ६० तथा दोस्रो चार सय मिटरमा कुदेर पाएका थिए।

महिला चार सय मिटरमा बोलले डच टोलीलाई फेरि सफलता दिलाइन्। बुढा पेस्टमा भएको विश्व च्याम्पियनसिपमा अमेरिकाले स्वर्ण पदक जितेको थियो। अन्तिम लेग कुदेकी अमेरिकी धाविका एलेक्स होल्म्सले नै उनलाई दबाब दिएकी थिइन्। पुरुषको आठ सय मिटर दौडमा भने अमेरिका ब्रेस होपेलले स्वर्ण पदक जिते।

चार सय मिटरमा विश्व कीर्तिमान कायम गरेकी नेदरल्याण्ड्सकी फेम्के बोलले सनसनीपूर्ण प्रदर्शन कायम राखिन्। डच टोलीले चार सय मिटर रिलेको पनि उपाधि जितेर आफूलाई हेर्न लायक ट्रायक टोलीको रूपमा स्थापित गरेको छ।

स्वीजरल्यान्डका सिहोम एमनारले हेप्टाथलनको स्वर्ण पदक जिते। अमेरिकी टारा डेभिस उड हलले महिला लङ जम्पको स्वर्ण पदक जितेकी छिन्। गएको बुढा पेस्टको विश्व च्याम्पियनसिपमा रजत पदक पाएकी उनका लागि यो जीवनको पहिलो उपाधि हो।

महिलाको एक हजार पाँच सय मिटर दौडमा इथियोपियाकी ब्रेवेनु हाउल्ले स्वर्ण पदक जितिन्। उनलाई अन्तिम समयसम्म दुई अमेरिकीले पछ्याएका थिए।

पुरुष हर्डल्समा स्वर्ण पदक जितेका ग्रान्ट होलवेले ७४ इनडोर रेसमा अपराजित रहेका छन्। उनको यो अपराजित यात्राको सुरुवात सन् २०१४ बाट भएको हो। यस च्याम्पियनसिपले दुई स्टारलाई भने पेरिसमा सनसनीपूर्ण रूपमा प्रस्तुत गर्ने पक्का छ। चार सय मिटरमा विश्व कीर्तिमान कायम गरेकी बोलले नेदरल्याण्ड्लाई रिलेमा स्वर्ण दिलाउने सम्भावना प्रबल छ। उनले हर्डल्समा स्पर्धा गर्ने या नगर्ने भन्ने अर्को विषय हो।

लायसको हकमा उनले बुढा पेस्टमा नै दुई सय मिटरमा बोल्टको विश्व कीर्तिमानको नजिक आफूलाई प्रस्तुत गरेका थिए। एक सय मिटरमा पनि आफूलाई दाबेदारको रूपमा राखेका लायस पेरिस ओलम्पिकमा एक सय मिटर रिलेको टोलीलाई स्वर्ण पदक दिलाउन सक्षम हुने अनुमान गरिएको छ। चार समय मिटर रिलेमा पनि स्वर्ण जितेका उनी ओलम्पिकको ट्रयाक इतिहासमै चार स्वर्ण पदकको दुर्लभ सफलता पाउन पनि सक्ने छन्।

सन् २०१६ मा युथ प्रतियोगितामा एक सय मिटरमा उपाधि जितेका उनले सन् २०१९ को कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा दुई सय मिटरमा स्वर्ण पदक जिते । लायसका लागि टोकियो ओलम्पिक भने खराब रहेको थियो। टोकियोमा दुई सय मिटरमा तेस्रो स्थानमा रहेका उनी एक सय मिटरको रिलेमा समेत छनोट भएका थिएनन्।

सन् २०१६ मा युथ प्रतियोगितामा एक सय मिटरमा उपाधि जितेका उनले सन् २०१९ को कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा दुई सय मिटरमा स्वर्ण पदक जिते । लायसका लागि टोकियो ओलम्पिक भने खराब रहेको थियो। टोकियोमा दुई सय मिटरमा तेस्रो स्थानमा रहेका उनी एक सय मिटरको रिलेमा समेत छनोट भएका थिएनन्।

लायसले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको एक दशक नाघेको छ। सन् २०१३ मा उनले युक्रेनमा भएको विश्व यूथ च्याम्पियनसिपमा सहभागिता जनाएका थिए। सो समयमा उनको प्रदर्शन राम्रो थिएन। अर्को वर्ष भएको यूथ ओलम्पिक खेलमा उनले दुई सय मिटरमा पहिलो स्थान पाएका थिए।

सन् २०१६ मा युथ प्रतियोगितामा एक सय मिटरमा उपाधि जितेका उनले सन् २०१९ को कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा दुई सय मिटरमा स्वर्ण पदक जिते । लायसका लागि टोकियो ओलम्पिक भने खराब रहेको थियो। टोकियोमा दुई सय मिटरमा तेस्रो स्थानमा रहेका उनी एक सय मिटरको रिलेमा समेत छनोट भएका थिएनन्।

सन् २०२२ को विश्व च्याम्पियनसिपमा दुई सय मिटरमा स्वर्ण पदक जितेका उनी गत वर्ष भएको विश्व च्याम्पियनसिपमा दुई व्यक्तिगतसहित रिलेमा स्वर्ण पदक जित्न सफल भएका हुन्। अहिले चार सय मिटरको रिलेमा सहभागी भएपछि उनलाई चार स्वर्ण पदकको दाबेदार ठानिएको हो। ग्लास्गोमा बेल्जियमसँग पराजित भए पेरिसमा अमेरिकाको पहिलो रोजाइको टोली दुवै रिलेमा स्वर्ण पदकको दाबेदार हो। स्रोत : वर्ल्ड एथलेटिक्स, ओलम्पिक

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ८ : ३५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने