सहकारी ठगी प्रकरणमा फरार जीबी राई प्रहरीकाे नियन्त्रणमा | Khabarhub Khabarhub

सहकारी ठगी प्रकरणमा फरार जीबी राई प्रहरीकाे नियन्त्रणमा


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सहकारी ठगी प्रकरणमा मुछिएका ग्यालेक्सी टिभीका सञ्चालक जीबी राई सिङ्गापुरमा रहेको खुलेको छ । मलेसियाबाट सिंगापुर भागेका उनी प्रहरीको नियन्त्रणमा रहेको स्रोतले बतायो ।

नेपाल प्रहरीको उच्च स्रोतका अनुसार रवि लामिछाने गृहमन्त्री बन्नु अगावै राई प्रहरीको नियन्त्रणमा आइसकेका थिए । नेपाल ल्याउने प्रक्रियामै भएका कारण उनको गिरफ्तारी सार्वजनिक गरिएको थिएन ।

पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी भएको थियो ।

राईमाथि सहकारीको आवरणमा सर्वसाधरणबाट १७ अर्बभन्दा बढी ठगी गरेको अभियोग छ । अवैध नेटवर्किङ कारोबारबाट उदाएका जीबी र उनका सहयोगीहरूले मुलुकभर सात वटा सहकारीको संजाल फिँजाएका थिए ।

काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगञ्जमा समानता बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बचत तथा ऋण सहकारी संस्था र वीरगञ्जमा सानो पाइला बचत तथा ऋण सहकारी संस्था जीबी समूहको हो। यी सबै सहकारी अहिले संकटमा छन् ।

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ९ : ३८ बजे

घरासयी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण

बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा

सिरहा – सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर