सहकारी ठगी प्रकरणमा फरार जीबी राई प्रहरीकाे नियन्त्रणमा « Khabarhub

सहकारी ठगी प्रकरणमा फरार जीबी राई प्रहरीकाे नियन्त्रणमा


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–सहकारी ठगी प्रकरणमा मुछिएका ग्यालेक्सी टिभीका सञ्चालक जीबी राई सिङ्गापुरमा रहेको खुलेको छ । मलेसियाबाट सिंगापुर भागेका उनी प्रहरीको नियन्त्रणमा रहेको स्रोतले बतायो ।

नेपाल प्रहरीको उच्च स्रोतका अनुसार रवि लामिछाने गृहमन्त्री बन्नु अगावै राई प्रहरीको नियन्त्रणमा आइसकेका थिए । नेपाल ल्याउने प्रक्रियामै भएका कारण उनको गिरफ्तारी सार्वजनिक गरिएको थिएन ।

पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी भएको थियो ।

राईमाथि सहकारीको आवरणमा सर्वसाधरणबाट १७ अर्बभन्दा बढी ठगी गरेको अभियोग छ । अवैध नेटवर्किङ कारोबारबाट उदाएका जीबी र उनका सहयोगीहरूले मुलुकभर सात वटा सहकारीको संजाल फिँजाएका थिए ।

काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगञ्जमा समानता बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बचत तथा ऋण सहकारी संस्था र वीरगञ्जमा सानो पाइला बचत तथा ऋण सहकारी संस्था जीबी समूहको हो। यी सबै सहकारी अहिले संकटमा छन् ।

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ९ : ३८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था