प्रधानमन्त्रीबाट बेइमानी भयो : कांग्रेस | Khabarhub Khabarhub

प्रधानमन्त्रीबाट बेइमानी भयो : कांग्रेस


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ ।

आज बिहान बसेको संसदीय दलको बैठकले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थत फिर्ता लिँदै प्रधानमन्त्रीले विश्वासघात गरी गठबन्धन तोडेर बेइमानी गरेको ठहर गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले कांग्रेस गठबन्धनप्रति सदैव इमान्दार र प्रतिबद्ध रहेको र सहमतिअनुसार पालना गर्दै आएको भए पनि प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले एकपक्षीय ढङ्गले गठबन्धन तोडेको प्रतिक्रिया दिए ।

सरकारबाट कांग्रेसले समर्थन फिर्ता लिएको र सोबारे सभामुखलाई आजै जानकारी गराउने पनि प्रमुख सचेतक लेखकले जानकारी दिए ।

विगतमा संविधानको रक्षा र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले विभिन्न दल सम्मिलित गठबन्धन बनाएको र सोहीअनुसार निर्वाचनमा भाग लिएको उनको भनाइ छ ।

बैठकले सङ्घीय संसद्मा प्रमुख प्रतिपक्षी दलका हैसियतमा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णयसमेत गरेको र आफ्ना सांसदलाई सदनमा जनजीविकाका सवालमा प्रभावकारीरुपमा प्रस्तुत हुन निर्देशन गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १२ : २१ बजे

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध