२० लाख बालबालिकाले दादुराको खोप लगाए « Khabarhub

२० लाख बालबालिकाले दादुराको खोप लगाए


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् ।

उनका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार करिब ३४ प्रतिशतले खोप लगाएका हुन् । एकतीस जिल्लाले अझै रिपोर्ट बुझाएका छैनन् । ‘रिपोर्ट पठाएका ती जिल्लाले पनि कोहीले भर्खरै अभियान सञ्चालन गरेका छन्’, उनले भने, ‘हिमालका ११ जिल्लामा हिउँ परेकाले भर्खरमात्रै अभियान सञ्चालन गरेका छन् ।’

उनका अनुसार हिउँका कारण मनाङ र मुस्ताङमा अझै खोप अभियान सुरु भएको छैन । दादुरा–रुबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ देखि आगामी चैत ७ गतेसम्म ७५ जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो । भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ जिल्ला र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ । खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा लगाइँदै छ ।

खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्र रहेका छन् । यस्तै ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिने छ । शाखाका प्रमुख डा. गौतमले खोप सुरक्षित र प्रभावकारी रहेको जनाउँदै यसले ८५ प्रतिशतलाई दादुरा–रुबेला रोगसँग लड्ने क्षमता विकास गर्ने बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  १२ : ३५ बजे

सभापति बनेको ८ दिनपछि सानेपामा भित्रिए गगन थापा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका छन्

प्रचण्ड र माधवको निर्देशन मानेनन् हरिबोलले, महेश्वरलाई बागीबाट नहटाउने अडान

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले सिन्धुलीको

जर्मनीको पीआर विवादमा आशिकाले फिर्ता लिइन् उम्मेदवारी, रास्वपामा खैलाबैला

धादिङ– आफूलाई सामाजिक अभियन्ताका रुपमा स्थापित गराएकी आशिका तामाङ जर्मनीको

भ्रष्टाचार निवारण र सुशासन कायमको लक्ष्य पुरा गर्न राष्ट्रिय सभा प्रभावकारी बनाउनुपर्ने

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भ्रष्टाचार निवारण र

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन माघ १८ गतेदेखि