चीनमा हुने उसु प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने « Khabarhub

चीनमा हुने उसु प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने


२४ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको जाड्रयान शहरमा आगामी वैशाख १३ देखि १७ सम्म हुने अन्तर्राष्ट्रिय उसु प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने भएको छ । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा हुने सो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाल सहभागिता रहने नेपाल उसु संघका अध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए । 

संघले प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको छनोट र व्यवस्थापन गर्न संघका सचिव निकेश श्रेष्ठको संयोजकत्वमा सचिव गोविन्दबहादुर शाही र सदस्य योगेन घिमिरे रहने गरी तीन सदस्यीय कमिटी गठन गरिएको महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी गराएका छन् । 

खेलाडी छनोट गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेका खेलाडीहरूलाई विशेष प्राथमिकता दिइने बताइएको छ । सो प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले विश्व थाउँलो च्याम्पियनसिप जापान र विश्व साँसौ न्याम्पियनसीप अस्ट्रेलियामा सहभागिता पाउने छन् । 

स्मरण रहोस् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई धेरै पदक दिलाउने मार्सल आर्टमा उसु खेल पनि एक हो । हालै साउदीअरबको रियाद शहरमा सम्पन्न भएको करिब १५० राष्ट्रहरूको वल्र्ड कमब्याट गेम्समा उसु खेलाडी विजय सिंजालीले नेपाललाई स्वर्णपदक दिलाएका थिए । 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  २ : १९ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका