नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अंकले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अंकले उकालो लागेर तीन सय ६० दशमलव २७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

कूल ८९ लाख २९ हजार एक सय ५२ कित्ता शेयर रु तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार आठ सय २० मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । 

सो कम्पनीको रु ५६ करोड २० लाख बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु १६ करोड ४१ लाख २२ हजार आठ सय ६२, सोनापुर मिनरल्स रु १३ करोड ४१ लाख ४२ हजार चार सय ८४, मैलुङ हाइड्रोपावर रु १३ करोड ३७ लाख ७४ हजार तीन सय ६१ र हाथवे इन्भेस्टमेन्टको रु नौ करोड ७९ लाख ५६ हजार तीन सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार पिपल्स हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । चिर्खवा हाइड्रोपावर आठ दशमलव ९७, मध्य भोटेकोशी जलविद्युत् कम्पनी छ दशमलव शुन्य आठ, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ९६ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले पाँच दशमलव ६४ प्रतिशतले कमाएका छन् । कारोबार भएकामध्ये आज एक सय ७६ कम्पनीको शेयर मूल्यमा वबृद्धि भएको छ ।

त्यस्तै, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो छ दशमलव २१, सामलिङ पावर कम्पनी पाँच दशमलव शून्य दुई, बोटलर्स नेपाल तराई चार दशमलव ३५, एनएमबी ५० तीन दशमलव ८८ र हिमालयन बैंकको सामूहिक लगानी कोषका लगानीकर्ताले तीन दशमलव ८५ प्रतिशतले गुमाएका छन् । आज कारोबार भएकामध्ये ५९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । शेयर कारोबार हुने साताको अन्तिम दिनसम्म आइपुग्दा बजार भने उकालो लागेर बन्द भएको छ ।

सोमबार उच्च अंकले वृद्धि भई सकारात्मक सर्किट लागेर बन्द भएको थियो । मङ्गलबार भने बजार पुनः उच्च अंकले नै ओरालो लागेको थियो । नयाँ अर्थमन्त्रीलाई स्वागत गर्दै बुधबार पनि बजारले हरियो झण्डा देखाएको थियो । आज पनि नेप्से परिसूचक उकालो लागेर बन्द भएको छ । 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ४ : ०५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार