रुसी सेनासँगै लड्ने एक नागरिकको मृत्यु भएको भारतको पुष्टि « Khabarhub

रुसी सेनासँगै लड्ने एक नागरिकको मृत्यु भएको भारतको पुष्टि


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– एक नातेदारले युक्रेनमा लड्न पठाइएको बताएको केही दिनपछि रुसी सेनाले भर्ती गरेको एक नागरिकको मृत्यु भएको मस्कोस्थित भारतीय दूतावासले बताएको छ । रुसको आक्रमण सुरु भएको दुई वर्षपछि युक्रेनमा उसका हजारौँ सैनिक मारिएका छन् र मस्को थप लडाकूहरूको वैश्विक खोजीमा छ । 

नयाँदिल्लीमा विदेश मन्त्रालयले गत महिना रुसी सेनामा ‘फँसेका’ करिब २० भारतीय नागरिकको सुरक्षित रिहाइका लागि काम गरिरहेको बताएको थियो । दूतावासले मोहम्मद अफसानको मृत्युपछाडिको परिस्थितिबारे खुलाएन तर उनको परिवार र रुसी अधिकारीहरूको सम्पर्कमा रहेको बताएको छ । ‘मिसनले उनको पार्थिव शरीर भारत पठाउन प्रयास गर्नेछ’, दूतावासले सामाजिक सञ्जाल एक्समा लेखेको छ । 

अफसानका भाइ मोहम्मद इमरानले फेब्रुअरीमा आफ्नो भाइ करिब दुई महिनादेखि बेपत्ता भएको बताएका थिए । अफसानले अन्तिमपटक दक्षिणी रुसी सहर रोस्तोभ–अन–डनबाट फोन गरेर उनलाई अग्रिम मोर्चाका लागि तैनाथ गरिएको बताएको इमरानले बताएका थिए ।

भाग्न सफल अर्का एक भारतीय सैनिकले आफ्नो परिवारलाई ३० वर्षीय अफसान गोली लागेर घाइते भएको बताएको इमरानले बताए । 

अफसान रुसी सेनामा कार्यरत आफ्ना नागरिकमध्ये भारतीय अधिकारीहरूले पुष्टि गरेको पहिलो मृत्यु हो र समग्रमा यो दोस्रो मृत्यु हो । गुजरात राज्यका २३ वर्षीय एक व्यक्ति ‘सुरक्षा सहायक’ का रूपमा काम गर्दा युक्रेनी हवाई आक्रमणमा मारिएको स्थानीय सञ्चारमाध्यमले आफन्त र अर्का भारतीय सैनिकलाई उद्धृत गर्दै गत महिना बताएको थियो । 

सेनामा भर्ती भएका केही भारतीयले गत महिना अग्रिम मोर्चामा पठाइनुअघि उनीहरूलाई उच्च तलब र रुसी राहदानी दिने वाचा गरेर सेनामा सामेल हुन प्रलोभन दिइएको बताएका थिए । आफूहरूलाई गैर-लडाकू भूमिका दिने वचन दिइएको तर युक्रेन पठाउनुअघि कलाश्निकोभ एसल्ट राइफल र अन्य हतियारको प्रयोग गर्नका लागि प्रशिक्षित गरिएको उनीहरूले बताएका थिए । 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ४ : २६ बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको