लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस « Khabarhub

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस


२४ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभामा लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन, २०७९-८० पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट खानेपानीमन्त्री राजेन्द्रकुमार राईले उक्त प्रतिवेदन पेस गरे।

बैठकमा सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराएका थिए ।

बैठकमा राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । 

राष्ट्रियसभाको अर्को बैठक यही फागुन २७ गते आइतबार अपराह्न १ बजेर  ९ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ४ : ४४ बजे

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने