शान्ति प्रक्रियाका विषयमा दलहरूबीच मतभेद छैन : अर्थमन्त्री पुन « Khabarhub

शान्ति प्रक्रियाका विषयमा दलहरूबीच मतभेद छैन : अर्थमन्त्री पुन


२४ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा कांग्रेसलाई समेत विश्वास लिएर अघि बढ्ने बताएका छन् ।

बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गदै मन्त्री पुनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय समग्र मुलुकको विषय भएको भन्दै यसमा कांग्रेसलाई समेत विश्वास लिएर अघि बढ्ने बताएका हुन् । अरु राजनीतिक विषयमा दलहरूबीच मतभेद हुन सक्ने भएपनि शान्ति प्रक्रियाका विषयमा सबै दलहरूबीच मतभेद नरहेको उनले बताए ।

यस्तै मन्त्री पुनले परिवर्तन चाहने शक्तिहरु अहिले एक ठाँउमा आएकाले अव काम गरेर जनतामा परिवर्तनको महसुस गराउनुपर्ने धारणा राखे । उनले अहिले बाम एकताको कुनै सन्दर्भ नरहेको र सहकार्यको सन्दर्भ रहेको बताए । मन्त्री पुनले मुलुकको अर्थतन्त्र सुधारका लागि धेरै काम गर्नुपर्ने भन्दै सरकार गम्भीर भएर लाग्ने पनि बताए । 

त्यस्तै उनले बजेटमार्फत सरकारले खर्च गर्ने सामथ्र्य बढाउनुपर्ने र राजस्व संकलनलाई प्रभावकारी बनाउनुपर्ने र त्यसको योजना बनाइसकेको बताए ।  

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ७ : १७ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख