निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्छु : अर्थमन्त्री पुन | Khabarhub Khabarhub

निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्छु : अर्थमन्त्री पुन


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने बताएका छन् । उनले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने कुरामा प्रतिबद्धता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यसमितिसँग विद्यमान आर्थिक समस्या समाधानको विषयमा सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा आज भएको छलफलमा मन्त्री पुनले कुनै समुदायप्रति अपराधीजस्तो व्यवहार नगरिने बताए ।

निजी क्षेत्रमाथि धरपकड भइरहेको प्रसङ्गमा उनले पहिला अनुसन्धान पूरा नगरी थुन्ने वातावरणको अन्त्य गर्न सम्बन्धित निकायसँग समन्वय गरिने बताए ।

“गल्ती गर्नेले सजाय पाउँछ । तर कोही व्यक्तिले गल्ती गर्दैमा पूरै समुदायलाई नराम्रो भन्न हुँदैन, राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो”, मन्त्री पुनले भने ।

सो अवसरमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउँदै साना सहर र गाउँसम्म रकम प्रवाह गर्न सरकारले पुँजीगत खर्च बढाउनुका साथै पुनःकर्जा सुविधा विस्तार गर्नुपर्नेमा जोड दिए । सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न नसकेको उनले उल्लेख गरे ।

अध्यक्ष ढकालले भने, “त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ ।” निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि उनले मन्त्री पुन समक्ष आग्रह गरे ।

अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई कोभिड–१९ को समयमा लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भइसकेको उदाहरण दिँदै नेपाली व्यवसायी जिम्मेवार रहेको र सरकारले विश्वास गर्नुपर्ने बताए ।

जुनसुकै पार्टी भए पनि आर्थिक एजेन्डामा एकरुपता हुनुपर्ने माग गर्दै आएको उनले अर्थमन्त्री पुनलाई अवगत गराए । अर्थतन्त्र जटिल विषय भएकाले आर्थिक समस्या समाधानका लागि सबै पार्टी र पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ९ : २० बजे

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली