भारतमा बेचिएकी युवतीको उद्धार « Khabarhub

भारतमा बेचिएकी युवतीको उद्धार


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बुटवलको कपडा पसलमा काम गर्न गएकी एक महिला मानव तस्कर गिरोहको फन्दामा परेर भारतमा बेचिएकी छन् ।

पूर्वी नवलपरासीका जीवन भन्ने रिकमन राईले फेसबुकमार्फत चिनजान गरी बुटवलको कपडा पसलमा राम्रो आम्दानी हुने रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ती महिलालाई भारतमा बेचेका हुन् ।

नेपाल प्रहरीको मावन बेचविखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार राईले उनलाई काठमाडौँ बोलाई वीरगञ्ज हुँदै भारतको मुजफ्फरपुरमा पु¥याइ बिक्री गरेका हुन् ।

पीडितलाई त्यहाँ बन्धक बनाइराखेको अवस्थामा वैदेशिक रोजगारीमा रहेका श्रीमानसम्म जानकारी पुगेपछि उनको पहलमा महिलाको उद्धार गरिएको छ । त्यसपछि पीडितले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जाहेरी दिएकी थिइन् ।

उनको जाहेरीका आधारमा राईमाथि अहिले मानव बेचविखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहेको फुँयालले बताए । उनले पीडितको घरको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि राईले बुटवलमा मासिक रु ४० हजारदेखि ५० हजार तलब पाइने कपडा पसलमा काममा लगाइदिने प्रलोभन देखाइ गएको माघ ४ गते महिलालाई काठमाडौँबाट वीरगञ्ज लगेको जानकारी दिए ।

त्यसपछि उनले रक्सौल हुँदै भारत बिहारको मुजफ्फरपुरको खपडा भन्ने ठाउँमा पु¥याइ कथित मोर्डन फेसन ट्रेड मार्क नामक कम्पनीमा बुझाएको खुल्न आएको छ । राईले कम्पनीमा काम गर्न ७ दिने तालिम लिनुपर्छ भनी जाहेरवालाबाट सुरुमा १६ हजार लिएको खुल्न आएको हो ।

तालिम दिई सकेपश्चात कम्पनीमा लगानी गर्नुपर्छ भनी जाहेरवालाबाट कम्पनीमा लगानीको लागि जबरजस्ती एक लाख ८० हजारसमेत लिएको खुल्न लिएका छन् । बीमासमेत गर्न रकम चाहिन्छ भनेकोमा पीडित महिलाले इन्कार गरी नेपाल फर्काइदिन आग्रह गरेकी थिइन् ।

मानव तस्कर गिरोहले हामीले तिमीलाई जसरी ल्याएका हौँ, तिमीले पनि त्यसैगरी अन्य चार जना व्यक्तिहरु ल्यायौँ भने मात्र यहाँबाट पठाइदिन्छौं भनी मोबाइल जफत गरी, बाहिर निस्कनसमेत नदिइ कम्पनीको होस्टलमा बन्धक बनाएका राखेका पीडित महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

उक्त गिरोहले नेपालबाट आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई कम्पनीको काममा लगाइदिने प्रलोभनमा देखाइ लैजाने र त्यसरी लगिएका व्यक्तिलाई अन्य चार जना व्यक्ति खोजेर ल्याएमा कमिसन दिने भनी प्रलोभनमा पार्ने गरेको खुल्न आएको ।उक्त घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको आशङ्कामा खोजतलास तथा थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ९ : ४३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार