बटलरको शतकमा राजस्थानको शानदार जित : कोहलीको शतकले हारबाट जोगिएन आरसिबी « Khabarhub

बटलरको शतकमा राजस्थानको शानदार जित : कोहलीको शतकले हारबाट जोगिएन आरसिबी


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबार राति भएको खेल रोचक बन्यो। रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी)का विराट कोहलीको ११३ रनको शानदार शतकविरुद्ध राजस्थान रोयल्सका जोस बटलरले शतक नै प्रहार गरेपछि यो खेल रोचक बनेको हो।

कोहलीले यो सिजनकै पहिलो शतक प्रहार गरे। त्यसको जवाफ उही खेलमा राजस्थानका बटलरले दिँदै सिजनको दोस्रो शतक बनाए। ऐतिहासिक शतक प्रहार गरे पनि कोहली आरसिबीलाई जिताउन असफल भए। बोटलरको शतकको मद्दतमाा राजस्थानले ५ बल बाँकी हुँदै ६ विकेटले जित निकालेको छ। यो जितसँगै राजस्थान चार खेलमा चार जित निकाल्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा चढेको छ। आरसिबीले भने पाँच खेलमा चार खेल गुमाउँदै २ अंक मात्र जोडेको छ।

शनिबार राति टस हारेर पहिला ब्याटिग गरेको आरसिबीले २० ओभरमा ३ विकेट गुमाउदै १८३ रन बनाएको थियो। उसका लागि कोहलीले ६७ बलमा ११३ रनसहित शानदार शतक प्रहार गरे। कोहलीका लागि आईपिएलको आठौं र यो सिजनको पहिलो शतक हो।

विराट कोहली । तस्बिर : क्रिकइन्फो

आरसिबीका लागि कोहलीले अविजित ११३ रन बनाउँदा कप्तान फाफ डुप्लेसिसले ४४ रनमा आउट भए। उसका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। राजस्थानका बलर युजवेन्द्र चहलले २ विकेट लिए भने नान्द्रे बर्गरले १ विकेट हात पारे।

१८४ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि जोस बटलरले ५८ बलमा शानदार शतक प्रहार गरे। ९ चौका र ४ छक्का प्रहार गरेका बटलर नटआउट रहे। राजस्थाका लागि कप्तान सञ्जु सामसनले शानदार अर्धशतक प्रहार गरे। उनले ४२ बलमा आठ चौका र दुई छक्काको मद्दतमा ६९ रन बनाएका हुन्। शिमरोन हेटमायर नटआउट ११ रनमा समेटिए।

ओपनर यशस्वी जैसवाल शून्य रनमा आउट हुँदा रियान पराग ४ र ध्रुव जुरेल २ रनमा पेभिलिएन फर्किएका थिए। आरसिबीका लागि रिस टोपले दुई विकेट हात पारे भने यश दयाल र मोहम्मद सिराजले एकएक विकेट लिए।

आइतबाल दुई खेल हुँदै
आईपिएल अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल दिउँसो ३:४५ बजे मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको प्रतिस्पर्धा हुनेछ। दोस्रो खेल साँझ ७:४५ बजे लखनउ सुपर जाइन्टस र गुजरात टाइटनबिच हुनेछ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : ०४ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा