एक दिवसीय सिरिज : आयरल्यान्डसँग फाइनल खेल्दै नेपाल ‘ए’ « Khabarhub

एक दिवसीय सिरिज : आयरल्यान्डसँग फाइनल खेल्दै नेपाल ‘ए’


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग एक दिवसीय सिरिजको फाइनल खेल्दैछ। घरेलु मैदानमा एक खेल अगाडि नै २-० ले सिरिज गुमाएको नेपालले आइतबार अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल आइतबार बिहान ९ : ३० बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ।

बुधबार भएको पहिलो एक दिवसीय खेलमा २१ रनले पराजित भएको नेपालले शुक्रबार भएको देस्रो खेल ११४ ले पराजित हुँदै सिरिज गुमाएको हो।

सिरिजको पहिलो खेलमा जितका लागि एक सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ‘ए’ २५.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३६ रनमा समेटिएको थियो।

दोस्रो खेलमा आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १६.५ ओभरमा ६० रन बनाएर सबै विकेट गुमाएको थियो। नेपाल आइतबार सान्त्वना जितको खोजीमा हुनेछ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग घरेलु मैदानमै भएको टी-२० सिरिज यसअघि नै २-१ ले गुमाइसकेको छ। नेपाल ‘ए’ले एक दिवसीय सिरिजसमेत एक खेल अगाडि नै गुमाएको हो।

नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ले नेपालको राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि-२० सिरिज खेलेको थियो। उक्त सिरिजमा नेपालको राष्ट्रिय टिम विजयी भएको थियो। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ६ : २३ बजे

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार

बर्दिवासमा खानेपानीको पहुँच हुँदा स्थानीयवासी हर्षित

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिकाका चारवटा वडामा खानेपानीको पहुच पुगेको छ