विराट गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई « Khabarhub

विराट गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

मोरङ– आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि  मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।

शनिबार राति  विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० गोलले हराउँदै उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयअन्तर्गत खेलको ११३औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङ र ११९ औँ मिनेटमा युसुप थपलियाले गोल गर्दै उपाधि कब्जा गरेका थिए ।

उपाधिसँगै विजेता मच्छिन्द्र क्लबले ११ लाख र उपविजेता साङ्ग्रिलाले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितका प्लेयर अफ द म्याच मच्छिन्द्रका लाकेन लिम्बू, सर्वोत्कृष्ट खेलाडी साङ्ग्रिलाका महेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मछिन्द्रका स्टेफन विनोङले जनही २१ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र अखिल नेपाल फुटवल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा नेपाल, भारत र भूटानका एक–एक र घरेलु आठसहित १० टोलीको सहभागिता  थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : १८ बजे

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका