गाजा आक्रमण : ६ महिनामा सबैभन्दा धेरै महिला र बालबालिका मारिए | Khabarhub Khabarhub

गाजा आक्रमण : ६ महिनामा सबैभन्दा धेरै महिला र बालबालिका मारिए


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गरेको थियो। आक्रमणबाट एक हजार दुई सय जनाको ज्यान गएको थियो। त्यसको प्रतिकार स्वरूप इजरायलले पनि गाजामा आक्रमण गरेको थियो। यो भीषण आक्रमणको ६ महिना भएको छ।

हमास नियन्त्रित गाँजाको स्वास्थ्य मन्त्रालयका अनुसार यस बिचमा ३३ हजार प्यालेस्टाइनीको ज्यान गएको छ। गाँजाका धेरै क्षेत्र यस बिचमा ध्वस्त भएका छन्।

इजरायलले आफूले थुप्रै स्थान ध्वस्त गराएको, धेरै हमास नेताको ज्यान लिएको तथा धेरै टनेलमा आक्रमण गरेको दाबी गरेको छ।

यस बिचमा क्षतिको मात्रा मापन गर्ने कुनै संयन्त्र बनेको छैन। सामाजिक सञ्जाल, व्यक्तिगत वक्तव्य र इजरायल डिफेन्स फोर्स (आइडिएफ)का विज्ञप्तिका आधारमा केही तथ्यांक सार्वजनिक भएका छन्।

७ अक्टोबर अघि गाँजामा ३० हजार बढी हमास लडाकु भएको जनाइएको छ। यो अनुमान आइडिएफ कमान्डारको हो। समूहमा शीर्ष नेता इस्माइल हानिए लगायत देशका शीर्ष नेता अन्य प्रबुद्ध व्यक्ति विदेशमा बसोबास गर्ने गरेका छन्। त्यस भन्दा तलका संयन्त्रका धेरै नेता गाजामा नै छन्।

यी नै मध्येको धेरै जना मारिएको इजरायलको दाबी छ। आइडिएफले युद्ध यता एक हजार तीन सय हमास लडाकुको ज्यान गएको जनाएको छ। यो तथ्याङ्कको आधार भने आइडिएफले खुलाएको छैन। १३० जानको त नाम नै सार्वजनिक गरिएको छ।

यसरी मारिने धेरै जसो युद्धको पहिलो तीन महिनामा ज्यान गुमाउने छन्। यस वर्षको मार्चसम्म इजरायलले हमासको कुनै वरिष्ठ नेता नै मारिएको भने आइडिएफले पुष्टि गर्न सकेको छैन।

७ अक्टोबर अघि गाँजामा ३० हजार बढी हमास लडाकु भएको जनाइएको छ। यो अनुमान आइडिएफ कमान्डारको हो। समूहमा शीर्ष नेता इस्माइल हानिए लगायत देशका शीर्ष नेता अन्य प्रबुद्ध व्यक्ति विदेशमा बसोबास गर्ने गरेका छन्।

२६ मार्चका दिन आइडिएफले हमासका सैन्य शाखाका डेपुटी कमान्डर मरवान इसा मारिएको जनाएको थियो। युद्ध सुरु भएयता मारिने हमास समूहका उनी सबै भन्दा माथिल्लो तहका व्यक्ति हुन्। उनी मारिएको कुरामा अमेरिकालाई पनि विश्वास छ। हमासले नै भने कुनै प्रतिक्रिया जनाएको छैन।

आइडिएफले मारिएको सिनियर हमास नेताको नाम सार्वजनिक गरेको छ। ती सबै नाम हमासका हुन् या होइनन्। अथवा हमासको कुन तहका भन्ने पत्ता लगाउने यथेष्ट आधार नै छैन। हमास लडाकुको मारिनेको नाममा उनीहरूको कुनै प्रतिक्रिया नै छैन। पछिल्लो समय मारिनेमा मुस्तया तरैया पनि हुन्। उनी गाजामा फ्रिलाइन्सर पत्रकारिता गरिरहेका थिए। जनवरी महिनामा नै दक्षिणी गाजामा रहेको समयमा उनको गाडीमा विस्फोट गराइएको थियो।

केही नक्कली नाम पनि फेला परेको छ। दक्षिणी भाग अहुयामा जनवरी महिनामा भएको विस्फोटमा इजरायल आक्रमणमा मुख्य योजनाकार सालेह अल अराउरीको ज्यान गएको जनाइएको छ। तथापि याया सिनवार लगायत केही नेता नाम बाहिर सार्वजनिक भए पनि अझै जीवित भएको जनाएको छ।

इन्टरनेसनल क्राइसिस ग्रुपका इजरायल प्यालेस्टाइन अफेयर्सका सिनियर विशेषज्ञ माइरेभ जोन्सेभ आइडिएफले अझै हमासका माथिल्लो नेताको अवस्था पत्ता लगाउन नसेकेको जिकिर गर्छन्। त्यस समूह पूर्ण कब्जामा नलिइकन त्यहाँ भएका र बाहिर रहेको धेरै हमास नेतालाई केही गर्न सक्ने अवस्था कम रहेको उनले बताए।

इजरायलले दिएको जानकारी अनुसार ७ अक्टोबरमा आक्रमण गरेकै दिन हमासले दुई सय ५३ जनालाई बन्दी बनाएको थियो। दुई पक्ष बिचमा भएको बन्दी रिहाको सहमति अनुसार १०९ जना रिहा भएका छन्।

हमासले आक्रमण गरेपछि चार वर्षका रियल तथा नौ महिनाका कफिरको पनि अपहरण गरिएको छ। उनीहरू दुवै जनाको ज्यान गएको जनाइए पनि कुनै भरपर्दो आधार फेला परेको छैन।

इजरायलका सेनाले गरेको सैन्य अपरेसनबाट तीन जना छुटाइएका थिए। जीवित रहेका सबैभन्दा कान्छो बन्दी १८ वर्षका तथा जेठा बन्दी ८८ वर्षका छन्। १ सय ३० जना बाँकी रहेको बन्दीमध्ये इजरायलले कम्तीमा ३४ जनाको ज्यान गएको जनाएको छ।

हमासले इजरायली हवाई आक्रमणका कारण मृत्यु हुने बन्दीको सङ्ख्या अझ बढी भएको जनाएको छ। तर, यसलाई पुष्टि गर्ने कुनै आधार बाहिर ल्याएको छैन।

हमासले आक्रमण गरेपछि चार वर्षका रियल तथा नौ महिनाका कफिरको पनि अपहरण गरिएको छ। उनीहरू दुवै जनाको ज्यान गएको जनाइए पनि कुनै भरपर्दो आधार फेला परेको छैन। इजरायलले त्यहाँ मानिस र सामान ओसार पसार गर्ने सुरुङ मार्ग नास गर्ने नीति लिएको थियो। यसमा धेरै सफल भएको दाबी पनि गरिएको छ।

‘गाजा क्षेत्रमा दुई तह छन्। पहिलो सामान्य नागरिक तथा दोस्रो हमासका लडाकु। हामी दोस्रो तहमा पुग्ने प्रयास गर्ने छौं,’ आइडिएफका प्रवक्ता जोनाथान कन्सरियसले अक्टोबरमा भनेका थिए।

हमासले त्यसअघि नै पाँच सय किलोमिटरको सुरुङ तयार पारिसकेको जनाएको थियो। हमासको त्यो दाबी पुष्टि गर्ने कुनै आधार छैन। आइडिएफले त्यहाँ रहेको धेरै आतङ्ककारी संरचनालाई नास गरेको जनाएको छ। यही मात्रामा नास गरिएको भन्ने चाहिँ उल्लेख गरेको छैन।

विभिन्न समयमा सुरुङ नास गरेको प्रमाण भने आइडिएफले देखाउने गरेको छ। गएको नोभेम्बर महिनामा गाजाको अल सिफा अस्पतालमा सुरुङ नास गरेको भिडियो सार्वजनिक भएको थियो। आइडिएफकै आन्तरिक आँकडा अनुसार तीन सय भन्दा बढी स्थानमा यसरी सुरुङ नास भइसकेका छन्।

त्यहाँका सुरुङ मार्ग विभिन्न शैलीले बनेका छन्। सुरुङमा प्रवेश गर्ने बाटो पनि भिन्न शैलीको बनेको छ। केही सूचनाका अनुसार टनेलका चार सय भन्दा बढी प्रवेश द्वारमा ३६ वटामा आक्रमण भएको छ। इजरायलको रिचमन्ड विश्वविद्यालयमा अध्यापन गराइरहेकी डा. डाफेन रिचमन्ड बाराक सुरुङमा धेरै असर नगरेको जनाउँछिन्।

मारिएका धेरै घर नभएका छन्। यो आक्रमणले १७ लाख विस्थापित भएको राष्ट्र संघले उल्लेख गरेको छ। विश्व विद्यालय तथा आवास गृह ध्वस्त भएका छन्। ७ अक्टोबर यता गाजाका ५६ प्रतिशत घर भत्किएका छन्।

इजरायलको आक्रमण गाजामा रहेका प्यालेस्टाइनीका लागि भने महँगो साबित भएको छ। हमासको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीलाई आधार मान्ने हो भने तीन हजार तीन सय जानाको त ज्यान नै गइसकेको छ। ५ अप्रिलमा सार्वजनिक गरिएको सरकारी दाबी अनुसार यसरी मारिनेमा ७० प्रतिशत भन्दा बढी महिला तथा बालबालिका छन्।

मारिएका धेरै घर नभएका छन्। यो आक्रमणले १७ लाख विस्थापित भएको राष्ट्र संघले उल्लेख गरेको छ। विश्व विद्यालय तथा आवास गृह ध्वस्त भएका छन्। ७ अक्टोबर यता गाजाका ५६ प्रतिशत घर भत्किएका छन्। स्रोत : बिबिसी, राष्ट्र सङ्घ

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ७ : ५६ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको