लुम्बिनीका मुख्यमन्त्री महराले आज पदको शपथ लिँदै « Khabarhub

लुम्बिनीका मुख्यमन्त्री महराले आज पदको शपथ लिँदै


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दाङ– लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो पौने २ बजे शपथग्रहणका कार्यक्रम रहेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी, लुम्बिनी प्रदेश संसदीय दलका नेता महराले मुख्यमन्त्रीको सपथ लिन लागेका हुन् ।

मुख्यमन्त्रीको शपथसँगै उनले केही मन्त्रीलाई पनि सपथ ग्रहण गराउने छन् । तर, मन्त्रीहरूको नाम भने टुंगो लागिसकेको छैन ।

नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्लीबहादुर चौधरीले गत बिहीबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

महरालाई माओवादीसहित एमाले, जसपा, नाउपा, नेकपा एस र स्वतन्त्रसहित ४८ जना सदस्यले समर्थन गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : २० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया