पूर्वराजाले मागे ‘सर्वपक्षीय सम्मेलन’ | Khabarhub Khabarhub

पूर्वराजाले मागे ‘सर्वपक्षीय सम्मेलन’


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

जुम्ला-  आफ्नो स्वेच्छाले गद्दी त्यागेर नागरिक बनेको बताउँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि राजनीतिक माग अगाडि सारेका छन् । उनले सरकारसँग वार्ता, सम्वाद र सर्वपक्षीय सम्मलेनको माग गरेका छन् ।

शनिबार जुम्लाको खलंगामा विशाल जनसमूहको उपस्थितिमा पूर्वराजा ज्ञानेन्द्रले सम्वोधन गर्ने क्रममा सर्वपक्षीय सम्मलेनको माग गरेका हुन् ।

सम्वोधनमा उनले भने,‘सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाउँ, मार्ग सुधार गरौं, नयाँ सम्वाद, नयाँ वार्तालाभ, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको छ ।’

पूर्वराजा शाहले भनेका छन्,‘अब सुध्रौं, अब चेतौं ।’

राजतन्त्र पक्षधर राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जितेको जुम्ला जिल्लामा ज्ञानेन्द्र पुग्दा ठूलो भीडले उनको स्वागत गरेको थियो ।

हिमाली जिल्लामा भएको यो उपस्थितिबाट उत्साहित हुँदै राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘समयको माग ‘नवीन समझदारी ।’ आज जुम्लामा गणतन्त्रको जग हल्लिएको दिन ।’

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १० : ४२ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक