टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु « Khabarhub

टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा सुरु


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोखामा तीनदिने ‘पाँहाचह्रे’ जात्रा प्रारम्भ भएको छ । जात्राका क्रममा टोखाका नेवार समुदायले पाहुना बोलाएर मीठो  खुवाउने प्रचलन रहेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले बताए ।

आज विनायक र सङ्कटा अजिमाका रथलाई गाउँ परिक्रमा गराइन्छ । परिक्रमाका क्रममा जहाँजहाँ महादेव लुकेर बसेको छन् त्यहाँ पुर्याई दर्शन गराएर फर्काउने चलन रहेको अध्यक्ष नापितले बताए ।

भोलि घोडेजात्राका दिन साँझ साढे ६ बजे सपन विनायनको रथलाई सपनतीर्थमा लैजाने, सङ्कटाको रथलाई तरख्यःमा ल्याएर छ जना कुमार र चारजना कुमारीलाई भात खुवाइने उनको भनाइ छ ।

सपनतीर्थको रथलाई नात्येश्वर र सङ्कटाको रथलाई थलाग टोलमा बिसाइन्छ । सोही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन छ ।

जात्राको अन्तिम दिन बिहान साढे ६ बजे सपनतीर्थको रथ नात्येश्वरबाट र सङ्कटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलागटोलमा रहेको पाँचवटा प्वाल भएको ढुङ्गा (न्या प्वाय ल्हो)मा लगेर सपनविनायकले सङ्कटालाई तीनपटक ढोगाउने चलन छ ।

त्यसपछि सङ्कटा अगाडि र सपनविनायकको रथ पछाडि बसेर लिङ्गेश्वरलाई तीनपटक परिक्रमा गरी जात्रा समापन गरिन्छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १२ : १२ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस