लागूऔषध सहित तीन जना पक्राउ « Khabarhub

लागूऔषध सहित तीन जना पक्राउ


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिरहा–  सिरहा प्रहरीले ठुलो परिमाणमा लागूऔषध सहित तिन जना युवालाई नियन्त्रणमा लिएको छ।

सिरहाको छुट्टाछुट्टै स्थान गोलबजार नगरपालिका ६ वस्ने अन्दाजीं.बर्ष ३८ को रामएकवाल गिरी , लाहान नगरपालिका १९ छर्रापट्टिको वर्ष २४ को संतोष कुमार साह र कटहा चौक वस्ने वर्ष २५ को शिवनाथ महतोलाई प्रहरीले ठुलो परिमाणमा लागूऔषध सहित नियन्त्रणमा लिएको हो ।

विशेष सुचनाको आधारमा घरमै.लुकाई छिपाई राखेको अवस्थामा गोलवजारका प्रहरी निरिक्षक शुनिल कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घर भित्र रहेको साउण्ड बक्स भित्र प्लास्टिकको पोकामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

प्लाष्टिक प्याक सहित १२.८ सय ७० मिली ग्राम  लागु पदार्थ ब्राउन सुगर सहित गिरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलजारका प्रहरी निरिक्षक शुनिल कार्कीले जनाएका छन् । पक्राउ गरेका गिरिलाई अन्य थप अनुसन्धानका लागी समान्ति जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।

त्यसैगरी, लहान नगरपालिका ३ पुर्व बसपार्कबाट गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लाहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा गोलवजारको संयुक्त टोलीले ठुलो परिमाणमा दुई जना युवा सहित लागुऔषध नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ।

अस्पताल चौकदेखि लाहा वजारतिर आउने क्रममा प्रदेश २–०१–००१ प् ७३८० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा फेनारगन–१३३ एम्पुल,बुपरेनोरफीन इन्जेक्सन एलपी –१३५ एम्पुल र डाइजिपाम इन्जेक्सन आइआर –१३४ सहित साह र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १ : २७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार