होला त प्रदीप अनमोलबीच सहकार्य ? « Khabarhub

होला त प्रदीप अनमोलबीच सहकार्य ?


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म महाजात्रा ‘बल्कबुस्टर’ साबित भएको छ । उनले गत शुक्रबार फिल्मले १० करोड १४ लाख ग्रस कलेक्सन गरेको बताउँदै तेस्रो साता प्रवेश गरेको जानकारी दिए । साथै, उनले नयाँ फिल्म बनाउने वातावरण मिलेको भन्दै दर्शकप्रति आभार व्यक्त गरे ।

प्रदीपले बनाएका फिल्म दर्शकले रुचाएका छन् । हिट फिल्म जात्राको शृङ्खला ‘महाजात्रा’ हिट हुने विषय त झन् अनुमान त बाहिरको कुरै होइन । त्यहीमाथि प्रदीपले आफूलाई अहिलेका सशक्त निर्देशक प्रमाणित गरिसकेका छन् ।

बरु उनले फिल्मको व्यापार र दर्शकबाट पाएको माया प्रति आभार प्रकट गर्दै घुमाउरो पारामा नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । त्यसमा मलजल थप्ने काम नायक अनमोल केसीले गरेका छन् ।

महाजात्राको प्रति दर्शकको साथलाई धन्यवाद दिँदै प्रदीपले लेखेका छन्, ‘फेरि राम्रो सिनेमा बनाएर तपाईँहरूको यो गुन तिर्नेछौँ ।’ अनमोलले पनि महाजात्रा सफल भएकामा प्रदीप भट्टराई र महाजात्रा टिमलाई बधाई दिए । अन्य फिल्ममा सफलताको बधाई नदिने अनमोलको यो कदमले संशय पैदा गरेको छ ।

अनमोलको सो पोस्टले प्रदीप–अनमोलको सहकार्यको संकेत गरेको धेरैको बुझाइ छ । यस विषयमा प्रदीप र अनमोलबीच केही पटक संवादसमेत भएको महाजात्रा टिम निकट स्रोत बताउँछ ।

अनमोल पनि ‘छड्के–२’ फ्लप भएपछि राम्रो स्क्रिप्टमा मात्रै काम गर्ने भन्दै सोचेर मात्रै फिल्म छान्दै छन् । यता ‘क्यारेटर बेस’ फिल्म बनाउँदै आएका प्रदीप पनि ग्याल्मर फिल्म बनाउने सोचमा छन् । त्यसका लागि फिल्मको सुरुवाती छलफलको काम भइसकेको प्रदीप बताउँछन् ।

प्रदीप खबरहबसँग भन्छन्, ‘अनमोललाई लिएर फिल्म बनाउने कुरा हाम्रो विचारमा नआएको होइन । अहिलेका जल्दोबल्दो हिरोलाई फिल्ममा लिने हाम्रो पनि इच्छा हो । उसलाई फिट हुने आइडिया पनि फुरिसकेको छ । समय नजुरेको मात्रै हो ।’

स्रोतका अनुसार प्रदीपसँग सहकार्य गर्न अनमोल पनि सकारात्मक नै छन् । समय अभावका कारण यी दुईको सहकार्यको वातावरण नजुरेको स्रोत बताउँछ । सम्भवतः नयाँ वर्ष २०८१ ले त्यो साइत ल्याउला कि !

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १ : ४१ बजे

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र