होला त प्रदीप अनमोलबीच सहकार्य ? « Khabarhub

होला त प्रदीप अनमोलबीच सहकार्य ?


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म महाजात्रा ‘बल्कबुस्टर’ साबित भएको छ । उनले गत शुक्रबार फिल्मले १० करोड १४ लाख ग्रस कलेक्सन गरेको बताउँदै तेस्रो साता प्रवेश गरेको जानकारी दिए । साथै, उनले नयाँ फिल्म बनाउने वातावरण मिलेको भन्दै दर्शकप्रति आभार व्यक्त गरे ।

प्रदीपले बनाएका फिल्म दर्शकले रुचाएका छन् । हिट फिल्म जात्राको शृङ्खला ‘महाजात्रा’ हिट हुने विषय त झन् अनुमान त बाहिरको कुरै होइन । त्यहीमाथि प्रदीपले आफूलाई अहिलेका सशक्त निर्देशक प्रमाणित गरिसकेका छन् ।

बरु उनले फिल्मको व्यापार र दर्शकबाट पाएको माया प्रति आभार प्रकट गर्दै घुमाउरो पारामा नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । त्यसमा मलजल थप्ने काम नायक अनमोल केसीले गरेका छन् ।

महाजात्राको प्रति दर्शकको साथलाई धन्यवाद दिँदै प्रदीपले लेखेका छन्, ‘फेरि राम्रो सिनेमा बनाएर तपाईँहरूको यो गुन तिर्नेछौँ ।’ अनमोलले पनि महाजात्रा सफल भएकामा प्रदीप भट्टराई र महाजात्रा टिमलाई बधाई दिए । अन्य फिल्ममा सफलताको बधाई नदिने अनमोलको यो कदमले संशय पैदा गरेको छ ।

अनमोलको सो पोस्टले प्रदीप–अनमोलको सहकार्यको संकेत गरेको धेरैको बुझाइ छ । यस विषयमा प्रदीप र अनमोलबीच केही पटक संवादसमेत भएको महाजात्रा टिम निकट स्रोत बताउँछ ।

अनमोल पनि ‘छड्के–२’ फ्लप भएपछि राम्रो स्क्रिप्टमा मात्रै काम गर्ने भन्दै सोचेर मात्रै फिल्म छान्दै छन् । यता ‘क्यारेटर बेस’ फिल्म बनाउँदै आएका प्रदीप पनि ग्याल्मर फिल्म बनाउने सोचमा छन् । त्यसका लागि फिल्मको सुरुवाती छलफलको काम भइसकेको प्रदीप बताउँछन् ।

प्रदीप खबरहबसँग भन्छन्, ‘अनमोललाई लिएर फिल्म बनाउने कुरा हाम्रो विचारमा नआएको होइन । अहिलेका जल्दोबल्दो हिरोलाई फिल्ममा लिने हाम्रो पनि इच्छा हो । उसलाई फिट हुने आइडिया पनि फुरिसकेको छ । समय नजुरेको मात्रै हो ।’

स्रोतका अनुसार प्रदीपसँग सहकार्य गर्न अनमोल पनि सकारात्मक नै छन् । समय अभावका कारण यी दुईको सहकार्यको वातावरण नजुरेको स्रोत बताउँछ । सम्भवतः नयाँ वर्ष २०८१ ले त्यो साइत ल्याउला कि !

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १ : ४१ बजे

ओखलढुङ्गामा लुटपाटपछि हत्या : सिरक ओढेको अवस्थामा भेटियो दम्पतीको शव

ओखलढुङ्गा – यहाँको चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक

सेतीखोलामा डुबेका एक व्यक्ति तीन दिनदेखि बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा माछा मार्ने क्रममा बेपत्ता

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

धाार्मिक विश्वास र सम्पदालाई असर नपार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि

फलेवासबाट एक वर्षमा ५२५ जना बसाइँसराइ

पर्वत– पर्वतको फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी