हुम्लामा पुग्यो पाठ्यपुस्तक « Khabarhub

हुम्लामा पुग्यो पाठ्यपुस्तक


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेका छन् । जिल्लाका उत्तरी नाम्खा गाउँपालिकाको एउटा बाहेक सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् ।

जिल्लाका उत्तरी क्षेत्रका दुई सिमकोट र नाम्खा गाउँपालिकाका ३९ विद्यालयमध्ये नाम्खा–६ को लिमीमा रहेको सुनखानी आधारभूत विद्यालयबाहेक अन्य ३८ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्‍याएको रोकाया पुस्तक पसलका सञ्चालक ज्ञानबहादुर रोकायाले बताए। कक्षा एकदेखि कक्षा १० सम्मका सबै सबै पुस्तक पुर्‍याएको उनले बताए ।

उनले लिमीको सुनखानी विद्यालयमा पुर्‍याउन यति बेला सडकमा हिउँ जमेर आवतजावत बन्द भएका कारण पाठ्यपुस्तक पुर्‍याउन नसकिएको बताए। यता ज्ञानु पुस्तक पसलले पनि सर्केगाड गाउँपालिकाका ३२ विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने कार्य पूरा भएको जनाएको छ । यसअघि कक्षा ५ सम्म पुगे पनि चैतको दोस्रो हप्तापछि कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक प्रत्येक सामुदायिक विद्यालयमा पुगेका हुन् ।

जिल्लाको दक्षिण भेगमा रहेका चार गाउँपालिकामा पुस्तक ढुवानीको जिम्मा लिएका एलबी सप्लायर्सका सञ्चालक लोकेन्द्र भण्डारीले पनि आफ्नो जिम्मामा रहेका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याएको बताए । गाउँपालिकाका अनुसार ताँजाकोटमा १७, अदानचुलीमा १९, चङ्खेलीमा २२ र खार्पुनाथका १७ विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसकेको भण्डारीले बताए ।

कक्षा १ देखि ५ सम्म फागुनमा पुस्तक पुर्‍याएको भए पनि चैत दोस्रो हप्तायता बाँकी सबै कक्षाका पाठ्यपुस्तक विद्यार्थीको हात हातमा पुर्‍याउने कार्य भएको उनले बताए । हुम्लाका चार गाउँपालिकाका विद्यालयका लागि ३६ हजार थान पुस्तक सप्लायर्सले बुझेर लिई जिल्लामा पुर्‍याएर बिक्रीसमेत गरेको जनाइएको छ । बाँकी तीन गाउँपालिकाका लागि केन्द्रको सुर्खेत डिपोबाट वितरण गरिएको थियो ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले जिल्लामा कूल विद्यालयका २१ हजार ६८ विद्यार्थीको हात हातमा पुस्तक पुगेको जानकारी दिए । सबै कक्षाका विद्यार्थीलाई हात हातमा पुस्तक पुगेपछि पठनपाठनमा पनि सहज भएको छ ।

दुर्गम जिल्ला हुम्लामा गत वर्ष र यस वर्षको शैक्षिक सत्रमा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेका हुन् । समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीलाई पठनपाठनमा सहज हुने भएको छ । हुम्लाका विद्यालयमा गत फागुन ९ गते यता पढाइ सुरु हुन थालेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  २ : २२ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था