सुडानमा विद्रोहीको आक्रमणमा २० जनाको मृत्यु « Khabarhub

सुडानमा विद्रोहीको आक्रमणमा २० जनाको मृत्यु


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

सुडान– सुडानको राजधानी खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीको समितिले आइतबार जनाएको छ ।

र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले शनिबार शहरबाट १५० किलोमिटर दक्षिणमा रहेको उम आदम गाउँमा आक्रमण गरेको स्थानीय प्रतिरोध समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहानको नेतृत्वमा रहेको सेना र उनका पूर्व सहायक मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच गत अप्रिल १५ देखि युद्ध सुरु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घका विज्ञहरूका अनुसार युद्धग्रस्त डार्फर क्षेत्रको एउटा सहरमा १५ हजारभन्दा बढी मानिस मारिएका छन् ।

यस युद्धले ८५ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । सुडानको पहिलेदेखि नै कमजोर अवस्थामा रहेका पूर्वाधारहरूलाई व्यावहारिक रूपमा ध्वस्त पारेको छ र देशलाई अनिकालको सङ्घारमा धकेलेको छ ।

शनिबारको आक्रमणमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको तर सबै जनाको मृत्युबारे पुष्टि भइसकेको छैन । आक्रमणमा परी २०० भन्दा बढी घाइते भएका छन् ।

घटनास्थलबाट ८० किलोमिटर टाढा रहेको मानकिल अस्पतालका एक मेडिकल स्रोतले एएफपीलाइ दिएको जानकारी अनुसार आयतबारको आक्रमणमा २०० जना घाइते भएको र तीमध्ये केही उपचारका लागि निकै ढिलो आइपुगेको पुष्टि गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानका ७० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थाहरू सेवाविहीन छन् भने बाँकी स्वास्थ्य संस्थाहरूले आफ्नो क्षमताभन्दा कयौं गुणा बढी र थोरै स्रोत साधन पाएका छन् ।

द्वन्द्वका दुवै पक्षमाथि सर्वसाधारणलाई लक्षित गर्ने, आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गर्ने, लुटपाट गर्ने र सहायतामा अवरोध पुर्‍याउनेजस्ता युद्ध अपराधको आरोप लगाइएको छ ।

गत डिसेम्बरमा खार्तूमको दक्षिणमा रहेको अल–जाजिरा राज्यकब्जा गरेयता आरएसएफले उम आदमजस्ता सम्पूर्ण गाउँलाई घेराबन्दी गरी आक्रमण गर्दै आएको छ ।

बेलायतस्थित युद्ध अनुगमनकारी एक संस्थाका अनुसार मार्चसम्ममा देशभरका कम्तीमा १०८ गाउँ र बस्तीमा आगो लगाइएको र यसबाट ‘आंशिक वा पूर्ण रूपमा घरहरू नष्ट’ भएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ५ : २८ बजे

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार