मुम्बई इण्डियन्सको पहिलो जित, दिल्ली २९ रनले पराजित « Khabarhub

मुम्बई इण्डियन्सको पहिलो जित, दिल्ली २९ रनले पराजित


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले यस सिजनको पहिलो जित हासिल गरेको छ । यस अघि लगातार तीन खेलमा हार बेहोरेको मुम्बईले आइतबार दिल्लीलाई २९ रनले पराजित गरेको हो ।

मुम्बईले दिएको २३५ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २०५ रन बनाएको थियो ।दिल्लीका लागि ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्का सहितको विष्फोटक ७१ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै पृथ्वी शवले ६६ र अभिषेक पोरेलले ४१ रनको योगदान गरे । दिल्लीका अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

मुम्बईका लागि जेराल्ड कोट्जीले सर्वाधिक ४ विकेट लिए । यस्तै जस्प्रित बुम्राहले २ तथा रोमारियो शेफर्डले एक विकेट लिए ।यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २३४ रन बनाएको थियो ।

मुम्बइका लागि रोहित शर्माले २७ बलमा सर्वाधिक ४९ रन बनाए । यस्तै टिम डेभिडले २१ बलमा ४५ रन तथा शेफर्डले १० बलमा ३ चौका र ४ छक्का सहित ३९ रन बनाए । कप्तान हार्दिक पन्ड्याले ३९ रनको योगदान दिए ।

दिल्लीका लागि अक्सर पटेल र एनरिक नोर्ट्जेले २/२ विकेट लिँदा खेलील अहमदले १ विकेट लिए । यो जितपछि मुम्बईको ४ खेलमा एक जित र ३ हारसहित २ अंक भएको छ भने दिल्लीको ५ खेलमा एक जित र चार हारसहित २ अंक नै रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ८ : १५ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको