मुम्बई इण्डियन्सको पहिलो जित, दिल्ली २९ रनले पराजित « Khabarhub

मुम्बई इण्डियन्सको पहिलो जित, दिल्ली २९ रनले पराजित


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले यस सिजनको पहिलो जित हासिल गरेको छ । यस अघि लगातार तीन खेलमा हार बेहोरेको मुम्बईले आइतबार दिल्लीलाई २९ रनले पराजित गरेको हो ।

मुम्बईले दिएको २३५ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २०५ रन बनाएको थियो ।दिल्लीका लागि ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्का सहितको विष्फोटक ७१ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै पृथ्वी शवले ६६ र अभिषेक पोरेलले ४१ रनको योगदान गरे । दिल्लीका अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

मुम्बईका लागि जेराल्ड कोट्जीले सर्वाधिक ४ विकेट लिए । यस्तै जस्प्रित बुम्राहले २ तथा रोमारियो शेफर्डले एक विकेट लिए ।यसअघि मुम्बईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २३४ रन बनाएको थियो ।

मुम्बइका लागि रोहित शर्माले २७ बलमा सर्वाधिक ४९ रन बनाए । यस्तै टिम डेभिडले २१ बलमा ४५ रन तथा शेफर्डले १० बलमा ३ चौका र ४ छक्का सहित ३९ रन बनाए । कप्तान हार्दिक पन्ड्याले ३९ रनको योगदान दिए ।

दिल्लीका लागि अक्सर पटेल र एनरिक नोर्ट्जेले २/२ विकेट लिँदा खेलील अहमदले १ विकेट लिए । यो जितपछि मुम्बईको ४ खेलमा एक जित र ३ हारसहित २ अंक भएको छ भने दिल्लीको ५ खेलमा एक जित र चार हारसहित २ अंक नै रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ८ : १५ बजे

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक