चन्द्रागिरिमा ‘कपडा बैङ्क’ शुभारम्भ « Khabarhub

चन्द्रागिरिमा ‘कपडा बैङ्क’ शुभारम्भ


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चन्द्रागिरि नगरपालिकामा ‘कपडा बैङ्क’ को शुभारम्भ गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘क्लोथ ’ बैङ्क स्थापना गरिएको हो । प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका (गेट)मा रहेको ‘कपडा बैङ्क’ लगेर जम्मा गर्न सकिनेछ ।

यस्ता सङ्कलित कपडा र झोलालाई ‘क्लोथ एन्ड फुड’ बैङ्कले ‘रिसाइकल’ (पुन चक्रण) गर्नेछ । रिसाइकल गरिएका कपडा एवं झोलालाई आकर्षक ‘प्याकेज’ गरी बैङ्कले आफ्ना ‘शो रुम’ राख्नेछ । आवश्यक पर्ने जो कोहीले ‘शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सक्नेछन् ।

साथै बैङ्कले विपन्न तथा गरिबलाई वर्गलाई उनीहरुको घरघरमै कपडा र झोला वितरण सुरुआत समेत गरिसकेको जनाइएको छ । काठमाडौँ उपत्यकाभित्र ‘कपडा बैङ्क’सञ्चालन गर्ने चन्द्रागिरि दोस्रो नगरपालिका हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि–४ वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र अभिनेता राजेश हमालले आज आयोजित कार्यक्रममा कपडा बैङ्कको शुभारम्भ गरे ।

सो अवसरमा नगरप्रमुख गिरीले कपडा बैङ्कलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिँदै बैङ्कका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताए ।

चन्द्रागिरि–४ वडाध्यक्ष एवं नगरप्रवक्ता खड्गी भौतिक पूर्वाधारको विकासका साथसाथमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र सरसफाइमा उच्च प्राथमिता दिँदै आएको र कपडा बैङ्कलाई अगामी दिनमा सहयोग गरिने बताए ।

प्रमुख प्रशासकीय अधिकृत अर्यालले बैङ्कमा पैसामा जम्मा गरेजस्तै कपडा बैङ्कमा पनि कपडा जम्मा गर्न नगरवासीलाई व्यापक जनचेतना जगाउन आवश्यक छ भने । उनले भने, “आफूले जापानमा अध्ययन गरेका समयमा कपडा बैङ्कमार्फत लिएको कोट अहिले प्रयोग गर्दैछु । यस्ता बैकको औचित्य बढ्दो छ ।”

अभिनेता हमालले कपडा बैङ्कका साथसाथमा खाद्यान्न बैङ्क स्थापनाको तयारी गरिएको जानकारी दिनुहुँदै कपडा बैङ्कबाट विपन्न समुदायलाई बढी फाइदा हुने बताए । ‘क्लोथ एन्ड फुड’का अध्यक्ष कमल जिसीले प्रयोगमा नआएका कपडा सङ्कलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिसमाझ पु¥याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताए ।

उनका अनुसार बैङ्कले ‘रिसाइकल’ लागि बुटवल उपमहानगरपालिकामा कारखाना सञ्चालनमा ल्याएको छ भने १६० स्थानीय पालिकासँग सहकार्य गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : २२ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया