धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’मा « Khabarhub

धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’मा


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि ५ जना संक्षिप्त सूची (सर्ट लिस्ट) मा परेका छन्।

अर्थ मन्त्रालयका अनुसार अन्तिम ५ मा पर्नेहरूमा धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठसहित नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र सन्तोषनारायण श्रेष्ठ रहेका छन्।

सरकारले गठन गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले फागुन १६ गते अध्यक्षका लागि आवेदन माग गरेको थियो । समा १९ जनाले आवेद दिएका थिए ।

सर्ट लिस्टमा परेका मध्यबाट समितलिे अन्तिम तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउने छ । अन्तिम तीनजनाबाटै मन्त्रिपरिषदले एक जना बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ ।

गत माघमा अध्यक्ष रमेशकुमार हमाल बोर्डबाट बाहिरिएसँगै करिब २ महिनादेखि बोर्ड नेतृत्व विहीन अवस्था छ ।

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ९ : ४५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस