आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार सन् २०२४ मे ७ तारिख। वैशाख कृष्ण पक्षको चतुर्दशी तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : कुनै काममा अगाडि बढ्न अवरोध देखिने छन्। निर्णय क्षमताको आवश्यकता देखिन्छ। मनमा धेरै खटपटी हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

वृष : खर्च बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको प्रेम सुमधुर रहनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ।

मिथुन : मनमा उत्साह बढ्नेछ। साना योजनालाई रोकेर ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र अब्बल रहेका छन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। समयको सदुपयोग गर्दा राम्रो हुनेछ।

कर्कट : पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारमा विवादको जोखिम देखिन्छ। लगानी गरेको क्षेत्रको उचित मूल्यांकन हुनेछ।

सिंह : तपाईंले गरेको निर्णय दीर्घकालीन हुनसक्छ। सोचेर निर्णय गर्नुपर्ने दिन हो। तपाईंलाई मान्यजनले दिएको सुझाव स्वीकार गर्नु राम्रो हुन्छ। परिवारको साथमा अगाडि बढे फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ।

कन्या : लामो समय रोकिएको कामको सुरुवात हुनेछ। वैदेशिक क्षेत्रमा लुट हुने भएकाले लगानी गर्ने भए शिक्षामा अगाडि बढ्नु राम्रो हुन्छ। विदेशको लगानीबाट मनमा उत्साह बढ्नेछ। व्यवहार गर्दा मर्यादा नभुल्नु राम्रो हुनेछ।

तुला : आफन्तको चिन्ता गरेर आफूलाई भुल्ने जोखिम देखिन्छ। खानपान र नियमित औषधी छुटेर रोग बढ्नेछ। लगानीका अवसर धेरै भएकाले सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। लगानी र श्रमको उचित मूल्यांकन हुनेछ। काम सम्पन्न नभएसम्म मनको कुरा कसैलाई नभन्नु राम्रो हुन्छ। आज लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

धनु : मान र मर्यादाले तपाईंलाई उचाईमा पुर्याउने छ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। लगानीका अवसर थुप्रै भएकाले यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : मन चिन्तित र अशान्त बन्नेछ। ठुलो योजनामा हात नहाल्नु राम्रो हुनेछ। सेतालाई कालो भन्नेसँग तर्क नगर्नु राम्रो हुन्छ। धार्मिक कार्यमा संलग्न भएमा दिन सहज बन्नेछ।

कुम्भ : कडा प्रतिस्पर्धा गरेर सफल बन्नु हुनेछ। कृषि र पशुपालन क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीले उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा भने राम्रो नतिजा प्राप्त नहुने जोखिम देखिन्छ।

मीन : दाजुभाइ वा दिदीबहिनीको सहयोग लिएर अगाडि बढ्ने समय छ। बोली नियन्त्रण गर्न नसक्दा आफन्त दुःखी हुने जोखिम देखिन्छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ५ : ०६ बजे

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।