सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित « Khabarhub

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादमाथि मुम्बई इन्डियन्सले सहज जित निकालेको छ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको हैदरावादले दिएको १७४ रनको चुनौती मुम्बईले १७.२ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गरेको हो।

मुम्बईको जितका लागि सूर्यकुमार यादवले नटआउट शतक प्रहार गरे। ५१ बल खेलेका उनले १२ चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाएका हुन्। उसका लागि तिलक बर्माले नटआउट ३७ रन बनाए। सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको मुम्बईका लागि सूर्यकुमार र तिलकको साझेदारी जितका लागि पर्याप्त भयो। मुम्बईका ओपनर इशन किसन ९ रनमा आउट हुँदा रोहित शर्माले ५ बलको सामना गर्दै मात्र ४ रन जोडेका थिए।

हैदरावादका लागि भुवनेश्वर कुमार, मार्को जेन्सेन र प्याट कमिन्सले एकएक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको हैदरावादले राम्रो सुरुवात गरे पनि पछिल्लो क्रमका ब्याट्सम्यान टिक्न सकेनन्। उसका लागि ओपनर टेभिस हेडले सर्वाधिक ४८ रन बनाए।

नितिश कुमार रेड्डी २०, मार्को जेन्सेन १७ रनमा आउट हुँदा कप्तान प्याट कमिन्सले नटआउट ३५ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन जोड्न नसक्दा हैदरावाद पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १७३ रनमा समेटिएको थियो।

हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका लागि कप्तान हार्दिक पाण्डेय र पियुष चावलाले समान तीनतीन विकेट हात पारे भने अंशुल कम्बोजले समान एकएक विकेट लिए ।

यो जितसँगै मुम्बईले ८ अंक जोडेको छ। १२ खेल खेलिसकेको मुम्बई अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। सोमबारको हारसँगै हैदरावाद तालिकाको चौथो स्थानमा छ। ११ खेल खेलेको उसले १२ अंक जोडेको छ।

आईपिएल अन्तर्गत मंगलबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ। दिल्ली अंक तालिकाको छैठौं स्थानमा छ भने राजस्थान तालिकाको दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ११ बजे

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना