सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित « Khabarhub

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादमाथि मुम्बई इन्डियन्सले सहज जित निकालेको छ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको हैदरावादले दिएको १७४ रनको चुनौती मुम्बईले १७.२ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गरेको हो।

मुम्बईको जितका लागि सूर्यकुमार यादवले नटआउट शतक प्रहार गरे। ५१ बल खेलेका उनले १२ चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाएका हुन्। उसका लागि तिलक बर्माले नटआउट ३७ रन बनाए। सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको मुम्बईका लागि सूर्यकुमार र तिलकको साझेदारी जितका लागि पर्याप्त भयो। मुम्बईका ओपनर इशन किसन ९ रनमा आउट हुँदा रोहित शर्माले ५ बलको सामना गर्दै मात्र ४ रन जोडेका थिए।

हैदरावादका लागि भुवनेश्वर कुमार, मार्को जेन्सेन र प्याट कमिन्सले एकएक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको हैदरावादले राम्रो सुरुवात गरे पनि पछिल्लो क्रमका ब्याट्सम्यान टिक्न सकेनन्। उसका लागि ओपनर टेभिस हेडले सर्वाधिक ४८ रन बनाए।

नितिश कुमार रेड्डी २०, मार्को जेन्सेन १७ रनमा आउट हुँदा कप्तान प्याट कमिन्सले नटआउट ३५ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन जोड्न नसक्दा हैदरावाद पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १७३ रनमा समेटिएको थियो।

हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका लागि कप्तान हार्दिक पाण्डेय र पियुष चावलाले समान तीनतीन विकेट हात पारे भने अंशुल कम्बोजले समान एकएक विकेट लिए ।

यो जितसँगै मुम्बईले ८ अंक जोडेको छ। १२ खेल खेलिसकेको मुम्बई अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। सोमबारको हारसँगै हैदरावाद तालिकाको चौथो स्थानमा छ। ११ खेल खेलेको उसले १२ अंक जोडेको छ।

आईपिएल अन्तर्गत मंगलबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सको प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ। दिल्ली अंक तालिकाको छैठौं स्थानमा छ भने राजस्थान तालिकाको दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ११ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल