भारतमा आज तेस्रो चरणको मतदान हुँदै « Khabarhub

भारतमा आज तेस्रो चरणको मतदान हुँदै


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ। तेस्रो चरणअन्तर्गत १० राज्य र २ केन्द्रशासित प्रदेश गरेर १२ प्रदेशका ९३ सिटका लागि मंगलबार मतदान हुन लागेको हो।

९३ सिटका लागि एक हजार तीन सय ५१ उम्मेदवार मैदानमा छन्। मंगलबार असमका ४, बिहारका ५, छत्तिसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, उत्तर प्रदेशका १० तथा पश्चिम बंगालका ४ सिटका लागि मतदान हुनेछ।

त्यसैगरी जम्मु कश्मीर र एक अन्य केन्द्र शासित प्रदेश गरेर तीन सिटका लागि मंगलबार नै मतदान हुँदैछ।

संसद्को तल्लो सदन लोकसभाका ५ सय ४३ सिटका लागि भारतमा सात चरणमा निर्वाचन भइरहेको छ। यसअघि अप्रिल १९ र २६ मा गरी १९० सिटका लागि मतदान भइसकेको छ।

यो लोकसभा निर्वाचनमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकाल देशको सत्ता सम्हाल्ने योजनामा छन्।

कंग्रेस नेतृत्वको विपक्षी गठबन्धन र त्यसका नेता राहुल गान्धीले नरेन्द्र मोदीलाई पुन सत्तासीन हुनबाट रोक्न सकेसम्मको जोड लगाइरहेका छन्।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ७ : ५० बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले