भारतमा आज तेस्रो चरणको मतदान हुँदै « Khabarhub

भारतमा आज तेस्रो चरणको मतदान हुँदै


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ। तेस्रो चरणअन्तर्गत १० राज्य र २ केन्द्रशासित प्रदेश गरेर १२ प्रदेशका ९३ सिटका लागि मंगलबार मतदान हुन लागेको हो।

९३ सिटका लागि एक हजार तीन सय ५१ उम्मेदवार मैदानमा छन्। मंगलबार असमका ४, बिहारका ५, छत्तिसगढका ७, गोवाका २, गुजरातका २५, कर्नाटकका १४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, उत्तर प्रदेशका १० तथा पश्चिम बंगालका ४ सिटका लागि मतदान हुनेछ।

त्यसैगरी जम्मु कश्मीर र एक अन्य केन्द्र शासित प्रदेश गरेर तीन सिटका लागि मंगलबार नै मतदान हुँदैछ।

संसद्को तल्लो सदन लोकसभाका ५ सय ४३ सिटका लागि भारतमा सात चरणमा निर्वाचन भइरहेको छ। यसअघि अप्रिल १९ र २६ मा गरी १९० सिटका लागि मतदान भइसकेको छ।

यो लोकसभा निर्वाचनमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकाल देशको सत्ता सम्हाल्ने योजनामा छन्।

कंग्रेस नेतृत्वको विपक्षी गठबन्धन र त्यसका नेता राहुल गान्धीले नरेन्द्र मोदीलाई पुन सत्तासीन हुनबाट रोक्न सकेसम्मको जोड लगाइरहेका छन्।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ७ : ५० बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम