सन्धिखर्कका किसानलाई कफीखेती तालिम | Khabarhub Khabarhub

सन्धिखर्कका किसानलाई कफीखेती तालिम


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी तालिम दिइएको छ ।

व्यावसायिक रूपमा कफीखेती गर्ने ४१ किसानलाई कफीका विभिन्न जात, बिरुवा लगाउने विधि, कफीको स्यहारसुसार तथा गर्नुपर्ने सबै प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारीसहित प्रशिक्षण दिइएको हो ।

अन्नबाली लगाउँदा बाँदर तथा जंगली जन्तुबाट बचाउन निकै गाह्रो भएको र पर्याप्त सिँचाइ सुविधा नहुँदा अन्य खेती गर्न गाह्रो भएको समयमा कफीखेती राम्रो विकल्प भएको तालिममा भाग लिएका किसान बताउँछन् ।

तालिममा सहभागी प्रत्येक किसानले दुईदेखि छ रोपनी जग्गामा दुई सयदेखि छ सय कफीका बिरुवा लगाउने कार्यक्रम रहेको कफी प्रवर्द्धन कार्यक्रम समन्वय समिति सन्धिखर्क–१० का अध्यक्ष धर्मराज भुसालले बताए।

सन्धिखर्क नगरपालिका कृषि विकास शाखाको संघीय सशर्त अनुदानतर्फको रु २० लाखको कार्यक्रम पनि छ । कार्यक्रमअन्तर्गत कफीखेतीका लागि खाडल खन्ने, प्राङ्गारिक मल खरिद, सिँचाइका लागि पानीट्यांकी निर्माण गर्ने तालिम तथा भ्रमणको कार्यक्रम राखिएको सन्धिखर्क–१० का वडाध्यक्ष मोहनसिंह ठकुरीले बताए। 

सन्धिखर्क नगरपालिका कृषि विकास शाखाका प्रमुख राजेन्द्र भट्टराई र फरवार्ड नेपालका ‘फिल्ड अफिसर’ नोमराज पौडेलले कफीखेतीसम्बन्धी प्रशिक्षण दिएका थिए । 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  १० : ५७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग