गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम « Khabarhub

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत महिलाको सीप विकास र क्षमता अभिवृद्धिका लागि सोमबारदेखि नौमती पञ्चेबाजा बजाउने तालिम सञ्चालन गरेको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए ।

‘नौमती पञ्चेबाजाको संरक्षण र संवर्द्धनसँगै लोप हुँदै गएको हाम्रो परम्परागत संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो’, उनले भने, ‘यसबाट एकातर्फ महिलामा सीप विकास हुँदै जानेछ भने अर्कोतर्फ हाम्रो संस्कृतिको पनि जगेर्ना हुनेछ भन्ने विश्वास रहेको छ ।’

पछिल्लो समय विवाह, व्रतबन्ध, चाडबाड तथा मेला पर्व र उत्सवहरूमा नौमती पञ्चेबाजाको माग बढी हुने गरेको भए पनि बाजा बजाउन सक्ने दक्ष जनशक्तिको भने अभाव रहँदै आएको छ । पञ्चेबाजा बजाउने सीपको पुस्तान्तरण नभएकाले पनि समस्या भएको हो ।

‘बाहिरबाट भित्र्याइएका अन्य खालका आधुनिक बाजाको प्रभावले हाम्रो मौलिकता हराएर जाने अवस्था पनि बढ्दै गएको छ’, नगरप्रमुख चिन्तनले भने, ‘परम्परागत समाजमा कुनै एक समुदायले मात्र पञ्चेबाजा बजाउँछन् भन्ने सोचको पनि परिवर्तन गर्दै सीप सबैले सिक्नुपर्छ र काम गर्नुपर्छ भन्ने सन्देश पनि यस खालको तालिमले दिएको छ ।’

तालिममा विभिन्न जातजाति र समुदायबाट प्रतिनिधित्व गर्ने महिलाको सहभागिता रहेको उनले जानकारी दिए । नगरपालिकाले ‘सीप सिकौँ र रोजगार बनौँ’ भन्ने नाराका साथ वडा नं ७ मा तालिम सञ्चालन गरेको हो । एक महिनासम्म सञ्चालन हुने नौमती पञ्चेबाजा बजाउने तालिममा २० महिलाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  २ : ५६ बजे

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च